मलेसियामा नेपाल भ्रमणको निम्तो दिदैँ पर्यटन बोर्ड र नाट्टा « Khabarhub

मलेसियामा नेपाल भ्रमणको निम्तो दिदैँ पर्यटन बोर्ड र नाट्टा


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाल पर्यटन बोर्ड र नाट्टाले नेपालका सुन्दर पर्यटकीय क्षेत्रको भ्रमण गर्न मलेसियाका आन्तरिक पर्यटकलाई आग्रह गरेका छन् । बोर्डका सीइओ डा.धनन्जय रेग्मीसहित मलेसिया पुगेको नेपाली पर्यटन टोलीले मलेसियाको राजधानी क्वालालाम्पुरमा एक कार्यक्रम गरेर नेपाल भ्रमणको निम्तो दिएका हो ।

बोर्ड र नाट्टाले आयोजना गरेको नेपाल सेल्स मिसन-२०२२ कार्यक्रमका लागि मलेसिया पुगेर नेपाल घुम्नका लागि त्यहाँका पर्यटन व्यवसायी, पर्यटक र मलेसिया रहेका नेपालीलाई आग्रह गरेको हो ।

कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेल, नेपाल पर्यटन बोर्डका सीइओ डा.धनञ्जय रेग्मी प्रमुख अतिथ थिए । साथै नाट्टाका महासचिव कुमार थपलिया, नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल, बोर्डका अधिकृत सुनिल अधिकारी, नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज ढकाल लगायतको सहभागिता छ ।

बोर्ड र नाट्टाले नेपालका सुन्दर पर्यटकीय क्षेत्र र नेपाल घुम्ने विशेष प्याकेज अहिले मलेसियाका विभिन्न शहरमा सार्वजनिक गरिरहेका छन् । जसले मलेसियामा रहेका पर्यटकलाई नेपाल आउन सहज गराउने विश्वास छ ।

मलेसियामा रोजगारीका लागि जाने नेपालीले नै मलेसियाका आन्तरिक पर्यटकलाई नेपाल घुम्न प्रेरित गर्न सक्ने भन्दै बोर्डका सीइओ डा.रेग्मीले त्यसका लागि पहल थाल्न पनि आग्रह गरेका छन् । कतार, मलेसिया र साउदी अरब पछिल्लो समय विश्व अर्थतन्त्रमा बलियो हुँदै गएका बेला उनीहरुको घुम्ने गन्तव्य नेपाल हुनुपर्ने भन्दै बोर्ड र नाट्टा पदाधिकारी यतिबेला ती देशको भ्रमणमा छन् ।

ना्टटा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल नेपालमा पनि पश्चिम नेपालका पर्यटकीय गन्तव्य महत्वपूर्ण तथा विशेष भएको भन्दै नेपाल घुम्नका लागि आग्रह गर्न मलेसिया पुगेका छन् । पश्चिम नेपालमा पोखरा, लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्जका साथै कर्णाली रारा, शे–फोक्सुन्डो, खप्तड र बडिमालिका जस्ता सुन्दर गन्तव्य रहेकाले त्यसको प्रचार प्रसार तथा पर्यटक आमन्त्रणका लागि बोर्ड र नाट्टा पदाधिकारीसँग आफू पनि मलेसिया पुगेको उनले बताएका छन् ।

विश्वमा हिमाल र पर्वतीय देशका रुपमा चिनिने नेपालमा युरोप, अमेरिका लगायत विकसित देशबाट धेरै पर्यटक आउने भएपनि मलेसिया, खाडी मूलुकबाट धेरै पर्यटक आउन नसकेको तितो यतार्थ छ । यसैका लागि नेपाल सेल्स मिसन लिएर बोर्ड र नाट्टाको टोली मलेसिया पुगेको हो ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ८ : २८ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग