यी हुन् २५ सय वर्ष पुरानो संस्कृतको व्याकरणसम्बन्धी समस्या हल गर्ने भारतीय विद्यार्थी « Khabarhub

यी हुन् २५ सय वर्ष पुरानो संस्कृतको व्याकरणसम्बन्धी समस्या हल गर्ने भारतीय विद्यार्थी


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययन गर्ने एक जना भारतीय विद्यार्थीले संस्कृत भाषाको २५ सय वर्ष पुरानो व्याकरणसम्बन्धी समस्या हल गरेका छन् । क्याम्ब्रिज विश्वविद्यालयमा विद्यावारिधि अध्ययन गरिरहेका ऋषि राजपोपटले संस्कृत भाषाको व्याकरणसम्बन्धी समस्या हल गरेका हुन् ।

२५ सय वर्षअघि संस्कृत भाषाका विद्वान मानिने पाणिनीले अघि सारेको व्याकरणसम्बन्धी सुत्र हल गर्न धेरै प्रयास भएपनि कसैले सकेका थिएनन् । यद्यपि संस्कृत भाषामा विद्यावारिधि गरिरहेका राजपोपटले भने ९ महिना लगाएर समस्याको हल निकालेको बीबीसीले जनाएको छ ।
उनले यस समस्याको हल निकाल्न घण्टौँसम्म पुस्तकालयमा बिताएको पनि उल्लेख गरेका छन् । पाणिनीको अष्टाध्यायी व्याकरणले संस्कृत भाषामा ‘अल्गोरिदम’ जस्तै काम गर्ने बताइन्छ ।

यद्यपि बीबीसीका अनुसार कुनै एक वाक्यमा पाणिनीका दुई वा बढी अष्टाध्यायी व्याकरण प्रयोग गरिएको खण्डमा गलत अर्थ आउने गरेको थियो ।

यद्यपि उनले परम्परागत व्याख्या अस्वीकार गर्दै नयाँ सुत्र प्रयोग गरेको बीबीसीले उल्लेख गरेको छ । उनले आफ्नो खोजबाट संस्कृत भाषाका विद्यार्थीहरुलाई सहज हुने विश्वास गरेका छन् ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ८ : ४४ बजे

पार्टीलाई अघि बढाउन सही पद्धति बसाल्ने

काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पार्टीलाई अघि बढाउन

साउदी अरामकोको प्रशासनिक भवनमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

एजेन्सी– साउदी अरेबियाको सरकारी तेल कम्पनी ‘साउदी अरामको’ को पूर्वी शहर

मलेसियाका लागि सिफारिस राजदूतमाथि गम्भीर आरोप, सुनुवाई होल्ड

काठमाडौं– मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलमाथि गम्भीर आरोप लागेको

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौं– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

एजेन्सी – चितवनमा १३६ किलो ५०० ग्राम गाँजासहित ट्रक र चालकलाई