यी हुन् २५ सय वर्ष पुरानो संस्कृतको व्याकरणसम्बन्धी समस्या हल गर्ने भारतीय विद्यार्थी | Khabarhub Khabarhub

यी हुन् २५ सय वर्ष पुरानो संस्कृतको व्याकरणसम्बन्धी समस्या हल गर्ने भारतीय विद्यार्थी


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययन गर्ने एक जना भारतीय विद्यार्थीले संस्कृत भाषाको २५ सय वर्ष पुरानो व्याकरणसम्बन्धी समस्या हल गरेका छन् । क्याम्ब्रिज विश्वविद्यालयमा विद्यावारिधि अध्ययन गरिरहेका ऋषि राजपोपटले संस्कृत भाषाको व्याकरणसम्बन्धी समस्या हल गरेका हुन् ।

२५ सय वर्षअघि संस्कृत भाषाका विद्वान मानिने पाणिनीले अघि सारेको व्याकरणसम्बन्धी सुत्र हल गर्न धेरै प्रयास भएपनि कसैले सकेका थिएनन् । यद्यपि संस्कृत भाषामा विद्यावारिधि गरिरहेका राजपोपटले भने ९ महिना लगाएर समस्याको हल निकालेको बीबीसीले जनाएको छ ।
उनले यस समस्याको हल निकाल्न घण्टौँसम्म पुस्तकालयमा बिताएको पनि उल्लेख गरेका छन् । पाणिनीको अष्टाध्यायी व्याकरणले संस्कृत भाषामा ‘अल्गोरिदम’ जस्तै काम गर्ने बताइन्छ ।

यद्यपि बीबीसीका अनुसार कुनै एक वाक्यमा पाणिनीका दुई वा बढी अष्टाध्यायी व्याकरण प्रयोग गरिएको खण्डमा गलत अर्थ आउने गरेको थियो ।

यद्यपि उनले परम्परागत व्याख्या अस्वीकार गर्दै नयाँ सुत्र प्रयोग गरेको बीबीसीले उल्लेख गरेको छ । उनले आफ्नो खोजबाट संस्कृत भाषाका विद्यार्थीहरुलाई सहज हुने विश्वास गरेका छन् ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ८ : ४४ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार