अध्यक्ष बिजुक्छेँद्वारा अस्पतालको नयाँ भवन उद्घाटन « Khabarhub

अध्यक्ष बिजुक्छेँद्वारा अस्पतालको नयाँ भवन उद्घाटन


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको नयाँ भवनको आज उद्घाटन गरेका छन् । नगरपालिकाको ७३ औँ स्थापना दिवसको अवसरमा आज च्यामासिंहस्थित अस्पताल भवनमा आयोजित कार्यक्रममा उनले नयाँ भवनको उद्घाटन गरेका हुन् । ।

सो अवसरमा देशमा प्रदेश सरकारको आवश्यकता नरहेको बताउँदै अध्यक्ष बिजुक्छेँले स्थानीय निकायलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिनुपर्नेमा जोड ििदए । उनले भने, “स्थानीय निकायलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिनुपर्छ, दुर्गम ठाउँमा स्थानीय निकायलाई अधिकार सम्पन्न बनाएर सक्रिय रुपमा काम गर्न सके सरकारको आधा काम त्यहीबाट सम्पन्न हुन्छ ।”

नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले स्वास्थ्य मन्त्रालयले ख्वप अस्पताल स्वीकृतिमा ढिलाइ गर्न नहुने औँल्याउँदै सरकारी अस्पताल राम्रो भए मात्र गरिब जनताले सहज रुपमा स्वास्थ्य उपचारमा पाउने बताए। क्यान्सर लगायतका जटिल रोगको विदेशबाट ल्याउनुपर्ने औषधि सरकारले तत्काल ल्याउनुपर्नेमा जोड दिँदै उहाँले क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधि उपलब्ध नहुँदा धेरै बिरामीले अकालमा ज्यान गुमाउनुपरेको बताए

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले ख्वप अस्पताललाई १०० शैय्याको सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्ने, वडा वडामा स्वास्थ्य केन्द्रको विस्तार गर्ने र विशेषज्ञमार्फत नियमित स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्य गर्दै आएको बताए । उनलेविसं २०३८ देखि जनस्वास्थ्य केन्द्रको रुपमा सञ्चालित च्याम्हासिंहस्थित स्वास्थ्य केन्द्रलाई विसं २०७८ वैशाख १७ गतेदेखि विधिवत रुपमा ख्वप अस्पतालको रुपमा सञ्चालन ल्याएको स्मरण गरे ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ९ : ३१ बजे

त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना समातिए

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र चुहावट प्रकरणमा संलग्न

स्वर्णिमको कटाक्ष, ‘हामी राज्यकोष जोगाउन खोज्दैछौँ, प्रधानमन्त्री र ऊर्जामन्त्रीकहाँ सल्लाहकारको लर्को रहेछ

काठमाडौं- पछिल्लो समय प्रधानमन्त्री वालेन्द्र शाहसँगको सम्बन्धमा दरार आएको चर्चा

कानुन मन्त्रालयले माग्यो  विधेयकको मस्यौदामा सर्वसाधारणमा राय सुझाव

काठमाडौं–  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘नेपाल कानुन आयोग ऐन,

मोदीलाई मेटाले हेपेपछि…

नयाँ दिल्ली- विश्वका नेताहरूमध्ये सामाजिक सञ्जालमा धेरै फ्यान फलोइङ भएकामा

यातायात कार्यालय विराटनगरद्वारा ४८ करोडभन्दा बढी राजस्व सङ्कलन

विराटनगर– यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा