अध्यक्ष बिजुक्छेँद्वारा अस्पतालको नयाँ भवन उद्घाटन « Khabarhub

अध्यक्ष बिजुक्छेँद्वारा अस्पतालको नयाँ भवन उद्घाटन


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको नयाँ भवनको आज उद्घाटन गरेका छन् । नगरपालिकाको ७३ औँ स्थापना दिवसको अवसरमा आज च्यामासिंहस्थित अस्पताल भवनमा आयोजित कार्यक्रममा उनले नयाँ भवनको उद्घाटन गरेका हुन् । ।

सो अवसरमा देशमा प्रदेश सरकारको आवश्यकता नरहेको बताउँदै अध्यक्ष बिजुक्छेँले स्थानीय निकायलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिनुपर्नेमा जोड ििदए । उनले भने, “स्थानीय निकायलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिनुपर्छ, दुर्गम ठाउँमा स्थानीय निकायलाई अधिकार सम्पन्न बनाएर सक्रिय रुपमा काम गर्न सके सरकारको आधा काम त्यहीबाट सम्पन्न हुन्छ ।”

नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले स्वास्थ्य मन्त्रालयले ख्वप अस्पताल स्वीकृतिमा ढिलाइ गर्न नहुने औँल्याउँदै सरकारी अस्पताल राम्रो भए मात्र गरिब जनताले सहज रुपमा स्वास्थ्य उपचारमा पाउने बताए। क्यान्सर लगायतका जटिल रोगको विदेशबाट ल्याउनुपर्ने औषधि सरकारले तत्काल ल्याउनुपर्नेमा जोड दिँदै उहाँले क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधि उपलब्ध नहुँदा धेरै बिरामीले अकालमा ज्यान गुमाउनुपरेको बताए

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले ख्वप अस्पताललाई १०० शैय्याको सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्ने, वडा वडामा स्वास्थ्य केन्द्रको विस्तार गर्ने र विशेषज्ञमार्फत नियमित स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्य गर्दै आएको बताए । उनलेविसं २०३८ देखि जनस्वास्थ्य केन्द्रको रुपमा सञ्चालित च्याम्हासिंहस्थित स्वास्थ्य केन्द्रलाई विसं २०७८ वैशाख १७ गतेदेखि विधिवत रुपमा ख्वप अस्पतालको रुपमा सञ्चालन ल्याएको स्मरण गरे ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ९ : ३१ बजे

प्रतिनिधिसभा निर्वान : देशभर १० हजार ९६७ मतदान स्थल कायम

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस ५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ५ गते शनिबार तदनुसार

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको