मोरक्कोलाई हराउँदै तेस्रो बन्यो क्रोएसिया « Khabarhub

मोरक्कोलाई हराउँदै तेस्रो बन्यो क्रोएसिया


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबलमा मोरक्कोलाई पराजित गर्दै साविक उपविजेता क्रोएसियाले तेस्रो स्थान हासिल गरेको छ ।

शनिबार राति अल–रायानस्थित खालिफा अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा मोरक्कोलाई २–१ ले पराजित गर्दै क्रोएसिया तेस्रो भएको हो।क्रोएसियाको जितमा जोस्को जिचार्डियोल, मिस्लभ ओरसिकले गोल गरे भने मोरक्कोका लागि अच्राफ दारीले गोल गरे ।

खेलको ७ औँ मिनेटमा जोस्को जिचार्डियोलले गोल गर्दै क्रोएशियालाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसपछि मोरक्कोका लागि अच्राफ दारीले गोल गर्दै टोलीलाई १–१ को बराबरीमा ल्याएका थिए। खेलको नवौँ मिनेटमा गोल गर्दै उनले मोरक्कोलाई खेलमा फर्काएका थिए। खेलको ४२ औँ मिनेटमा मिस्लभ ओरसिकले गोल गर्दै क्रोएशियालाई २–१ को अग्रता दिलाएका हुन्।

त्यसअघि खेलको सातौँ मिनेटमा नै १–० ले पछि परेको मोरक्कोका लागि अच्राफ दारीले गोल गर्दै टोलीलाई १–१ को बराबरीमा ल्याएका थिए। खेलको नवौँ मिनेटमा गोल गर्दै उनले मोरक्कोलाई खेलमा फर्काएका थिए।

विश्वकपमा पहिलो पटक सेमिफाइलन खेलेको अरबी टोली मोरक्को चौथो स्थानमा चित्त बुझाएको छ। सेमिफाइनल खेलमा क्रोएशिया अर्जेन्टिनासँग ३–० ले पराजित भएको थियो। भने मोरक्को फ्रान्ससँग २–० ले पराजित भएको थियो ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  १० : ४८ बजे

विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौँ– जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या

लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

ज्ञानेन्द्र शाहीको प्रश्न : नेपाली धर्म–संस्कृतिलाई मात्रै निशाना किन ?

काठमाडौँ– सांसद ज्ञानेन्द्र शाहीले नेपाली धर्म, संस्कार र संस्कृतिमाथि मात्रै