मोरक्कोलाई हराउँदै तेस्रो बन्यो क्रोएसिया « Khabarhub

मोरक्कोलाई हराउँदै तेस्रो बन्यो क्रोएसिया


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबलमा मोरक्कोलाई पराजित गर्दै साविक उपविजेता क्रोएसियाले तेस्रो स्थान हासिल गरेको छ ।

शनिबार राति अल–रायानस्थित खालिफा अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा मोरक्कोलाई २–१ ले पराजित गर्दै क्रोएसिया तेस्रो भएको हो।क्रोएसियाको जितमा जोस्को जिचार्डियोल, मिस्लभ ओरसिकले गोल गरे भने मोरक्कोका लागि अच्राफ दारीले गोल गरे ।

खेलको ७ औँ मिनेटमा जोस्को जिचार्डियोलले गोल गर्दै क्रोएशियालाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसपछि मोरक्कोका लागि अच्राफ दारीले गोल गर्दै टोलीलाई १–१ को बराबरीमा ल्याएका थिए। खेलको नवौँ मिनेटमा गोल गर्दै उनले मोरक्कोलाई खेलमा फर्काएका थिए। खेलको ४२ औँ मिनेटमा मिस्लभ ओरसिकले गोल गर्दै क्रोएशियालाई २–१ को अग्रता दिलाएका हुन्।

त्यसअघि खेलको सातौँ मिनेटमा नै १–० ले पछि परेको मोरक्कोका लागि अच्राफ दारीले गोल गर्दै टोलीलाई १–१ को बराबरीमा ल्याएका थिए। खेलको नवौँ मिनेटमा गोल गर्दै उनले मोरक्कोलाई खेलमा फर्काएका थिए।

विश्वकपमा पहिलो पटक सेमिफाइलन खेलेको अरबी टोली मोरक्को चौथो स्थानमा चित्त बुझाएको छ। सेमिफाइनल खेलमा क्रोएशिया अर्जेन्टिनासँग ३–० ले पराजित भएको थियो। भने मोरक्को फ्रान्ससँग २–० ले पराजित भएको थियो ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  १० : ४८ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब