रियल इस्टेटसँगै थुप्रै समस्याको जालोमा चिनियाँ बजार | Khabarhub Khabarhub

रियल इस्टेटसँगै थुप्रै समस्याको जालोमा चिनियाँ बजार


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ बजारमा यतिबेला निर्माण र प्रोपर्टी बिक्री ओरालो लागेको छ । मूल्य वृद्धि र कमजोर बिक्रीका कारण स–साना बजारहरू बन्द हुन थालेका छन् ।

समस्या बढ्न थालेपछि स्थानीय सरकारले करमा वृद्धि गरेका छन् । अहिले तल्लो तहको व्यवसायीहरू स्थानीय सरकार देखि नै असुल्न थालिएको करको मारमा थला परेका छन् ।

गतवर्षको अन्तिम महिनाबाटै चिनियाँ बजार क्षतविक्षत र तहसनहस भएको धेरै रिपोर्टहरूमा उल्लेख छ । सरकारले रियल स्टेटमा यो समस्या भएको स्वीकार गरेता पनि भित्रभित्रै यस्ता थुप्रै समस्याले चिनियाँ बजार आक्रान्त भइसकेको थियो ।

फरक यत्ति हो , अन्य क्षेत्रको तुलनामा रियल स्टेटको समस्या अझ बढी छ । र, त्यहाँको रियल इस्टेट उद्योग पछिल्लो एक दशकयताकै खराब अवस्थामा पुगेको छ ।

चीनको नाम चलेको शिमाओ ग्रुपले केही दिनअघि ट्रस्ट कम्पनीबाट लिएको कर्जा भाकाअनुसार पूरा तिर्न नसकेपछि कम्पनीको शेयर मूल्यमा समेत तीव्र गिरावट आएको थियो ।

चीनको दोस्रो ठुलो कम्पनी एभर ग्रान्डे पनि त्यस्तै समस्यामा छ । एभर ग्रान्डेले कर्जा तिर्न नसक्दा यसले चीनको अर्थतन्त्रमा निश्चित रूपमा नकारात्मक असर पारेको छ ।

अर्को ग्रुप शिमाओ पनि अहिले समस्यामा छ ।  चाइना क्रेडिट ट्रस्टको पत्रअनुसार शिमाओले ६४ करोड ५० लाख युआन (१० करोड १० लाख डलर) बराबरको कर्जा तिर्न सकेको छैन । सम्पत्ति बिक्री गर्न नसक्दा ऋणपत्र पुनः खरिद गर्न नसकेको कम्पनीको भनाइ छ ।

चीनको रियल इस्टेट डेभलपरप्रति लगानीकर्ताहरूको मनोबल विगत कयौँ महिना यता नकारात्मक हुने क्रम बढेको नाटिक्सिस प्रोप्राइटरको विश्लेषणले देखाएको छ । समग्र बजारले एभर ग्रान्डे प्रति ध्यान दिन थाल्नु अगाडि जुनमा १५ प्रतिशत डेभलपरहरुलाई मात्रै नकारात्मक रूपमा हेरिएको थियो ।

डिसेम्बरमा एभर ग्रान्डेले लगानीकर्ताहरूलाई भाकाअनुसार ब्याज भुक्तानी गर्न नसकेपछि यो दर बढेर ३५ प्रतिशतमा पुगेको हो  । त्यसपछि अन्य डेभलपरहरुलाई पनि वित्तीय कठिनाइ भइरहेको खबरहरू आउन थालेका छन् ।

चीनमा ट्रस्ट कम्पनीहरूमा सन् २०१९ को अन्त्यतिर १५ प्रतिशत रहेको रियल इस्टेटको हिस्सा सन् २०२१ को सेप्टेम्बरमा घटेर १२ प्रतिशतमा आएको छ । ऋणपत्र बाहेक पनि अन्य प्रकारको कर्जा तिर्न रियल इस्टेट असफल हुनुलाई धेरै अर्थशास्त्रीले आश्चर्यको विषय ठान्न थालेका छन् ।

डिसेम्बरको शुरुमा एभर ग्रान्डे डिफल्टमा जानु त रियल स्टेट कारोबारमा एउटा धक्का नै थियो ।

यो त भयो, रियल स्टेटको कुरा । चिनियाँ बजारमा समस्या अहिले यत्रतत्र समस्याका चाङ छन् ।  कोरोना भाइरसलाई नियन्त्रण गर्ने नाममा गरिएको लकडाउन र अन्य कडाइका कारण बजारमा उपभोक्ताको  उपस्थिति नै नभएपछि स्थानीय बजार यसको चपेटामा परेको थियो । इन्टरनेट व्यवसायदेखि स्कुल ट्युटेरियलको उत्पादकसम्ममा कडाइका साथ नियमहरू लागू गरिएपछि यसले लगानी कटौतीको लहर नै चलेको थियो ।

चीनको राष्ट्रिय तथ्याङ्क विभागले सोमबार जनाएअनुसार अक्टोबरदेखि डिसेम्बरसम्म गत वर्षको तुलनामा चार प्रतिशतले मात्र उत्पादनमा वृद्धि भएको छ । जबकि, वर्षको तेस्रो क्वार्टर अर्थात् जुलाईदेखि सेप्टेम्बरसम्म उत्पादनमा गत वर्षभन्दा ४.९ प्रतिशतले वृद्धि भएको थियो । पछिल्लो महिना चीनको उत्पादनमा अझै धेरै समस्या देखिएको छ ।

महामारी कालमा संसारमा आवश्यक पर्ने इलेकट्रोनिक्स, फर्निचर र अन्य घरेलु सामानमा चीनले कीर्तिमानी ढङ्गले बिक्री वितरण गरेको थियो । संसारका अन्य देशको अर्थतन्त्र महामारीका कारण पूरै भत्किए पनि चीनको अवस्था फरक हुन सक्ने आंकलन धेरैको थियो । तर,  चीनको आन्तरिक अवस्था संसारका अन्य देशका नागरिकले अनुमान गरेभन्दा फरक थियो ।

पुराना जगेडा सामान अन्तर्राष्ट्रिय बजारमा लगे पनि उत्पादनमा त्यसअनुसार वृद्धि थिएन । अहिले अन्तर्राष्ट्रिय बजारमा चिनियाँ सामानको माग स्वतः घटेको छ । माग भएबमोजिमको आपूर्तिका लागि पनि चीन असमर्थ छ । चीनका घरेलु बजार भित्रको त्यो सङ्कट भुसको आगो झैँ सल्किएको छ । यसले थुप्रै साना उद्योगलाई अहिले तहसनहस नै पारेको छ ।

त्यसो त सन् २०२० को तुलनामा २०२१ मा चीनको आर्थिक उत्पादनमा ८.१ प्रतिसतले वृद्धि भएको आँकडा छ । तर, यो धेरै वृद्धि वर्षको पहिलो ६ महिनामा भएको हो । दोस्रो ६ महिना अर्थात् जुलाईदेखि डिसेम्बरको बीचको समयमा चिनियाँ अर्थतन्त्रका लागि ओरालोलाग्दो अवस्थामा छ ।

अहिले जिरो कोभिडको नीति लिएको चीनमा कोरोनाको ओमिक्रोन भाइरस फैलिरहेको छ । यसले त्यहाँ धेरै कडा नियम पनि जारी गर्न थालिएका छन् । यी नियमसँगै अर्थतन्त्रमा थप नकारात्मक असर पर्न थालिसकेको छ । यसले आपूर्तिको चेनलाई नै खलबल बनाएको छ  ।

यो आर्थिक मन्दी अहिले चिनियाँ नेताका लागि दिवास्वप्न झैँ भएको छ । आयमा रहेको असमानतालाई सम्बोधन गर्न र दीर्घकालीन योजनाका लागि कम्पनीमा शुद्धीकरणको मुद्दा उठाएका चिनियाँ नेताहरू अहिले बिलखबन्दमा परेका छन् ।

लामो समयको नीतिलाई प्राथमिकता दिने या छोटो समयमा यो मन्दी हटाउन खोज्ने भन्नेमा निश्चित योजना बनाउन नै चिनियाँ नेताहरू असमर्थ देखिन थालेका छन् ।

यो आर्थिक मन्दीका बीचमा पनि चिनियाँ कम्युनिस्ट पार्टी (सिसीपी) का नेताहरू आन्तरिक र बाह्य राजनीतिमा बढी केन्द्रित रहेका छन् । अर्को महिना चीनले शीतकालीन ओलम्पिकको आयोजना गर्दै छ । चिनियाँ नेताहरू महोत्सवको आयोजना मार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो प्रभाव जमाउन लागिपरेका छन् । यसै वर्ष सिजीङ पिङले अर्को पाँच वर्षे कार्यकालको दाबी प्रस्तुत गर्ने अनुमान गरिएको छ ।

चार दशकअगाडि चीन यस्तै खराब अवस्थामा पुगेको थियो । सो समयमा त्यस देशको अर्थतन्त्र डेङ साओ पेङको कार्यकालमा माथि उठ्न सुरु भएको थियो । अहिलेकै ओरालो गति कायम रहे चीन फेरी चार दशकअघिकै अवस्थामा पुग्ने र जर्जर बन्ने त होइन भन्ने आशङ्का पनि धेरैमा पलाउन थालेको छ ।

गतवर्ष नै चिनियाँ सरकारका सल्लाहकार तथा परिचित अर्थशास्त्री ली डाओकुइले चीनको अर्थतन्त्र अबको केही वर्ष अत्यन्त कठिन हुने कुरा बताइसकेका छन् । त्यसो त उनले एक वक्तव्यमा ४० वर्ष यताकै सबैभन्दा अप्ठेरो समय गएको पाँच वर्ष भएको समेत बताएका थिए ।

चीनले विगतमा अङ्गिकार गरेको एक चाइल्ड पोलीसीले यसरी अप्ठेरोमा पारेको छ कि, बुढापाकाहरूको तुलनामा युवाको जमात जत्ति हुनुपर्ने हो, त्यो छैन । यसले उत्पादनमा सिधै असर गरेको छ । चिनियाँ अर्थतन्त्रमा अहिले पाका र युवाको बीचको सङ्ख्यामा हुनुपर्ने समायोजन नै एउटा मुख्य समस्या बनेको छ ।

महामारी कालमा कच्चा पदार्थको मूल्यमा एकाएक वृद्धि भए भने थुप्रै उपभोक्ता घरमा नै बस्न बाध्य बनाइए । यसले थुप्रै उद्योगलाई धराशायी बनायो । ग्रामीण रोजगारमा पाँच भागको चार भाग तथा आर्थिक उत्पादनमा पाँच भागको तीन भागको हिस्सा ओगटेको निजी कम्पनीमा आएको यो समस्याले चीनलाई अझ ठूलो सङ्कटमा पारेको छ ।

काङसिक्वीङ यसैका एक उदाहरण हुन् । फूजीयान प्रान्तको दक्षिण पूर्वी सहर नान पिङमा उनले एउटा कपडा पसल खोलेका थिए । यो पसल अहिले ठप्प छ । ऋण काढेर पसल सुरु गरेका उनी उठ्नै नसकिने गरी उनी आर्थिक भारमा डुबेका छन् । धेरै अनलाइन बजार अहिले चलेका छन् ।  काङसिक्वीङले निराश हुँदै जुन महिनामा पसल बन्द गरे ।

ऋणको ब्याजदरले पनि अहिले चीनका साना व्यवसायीलाई मारमा पारेको छ । १० प्रतिशतभन्दा कम व्याजदारमा ऋण पाइने सम्भावना त कमै छ । सोमबार चिनियाँ केन्द्रीय बैङ्कले ब्याजदरलाई लक्षित गर्दै केही नीति लिएको छ । यसको उद्देश्य ब्याजदरमा कटौती गर्दै रियल स्टेट व्यापारीको सङ्कटलाई पार गर्ने हो । यो रियल स्टेटको समस्या त यसरी गाँजिएको छ कि, एउटा नीतिले अब पार पाउने सम्भावना नै कम छ ।

नयाँ घर निर्माण र फिट गर्नु चीनमा पछिल्लो समय प्रचलित व्यवसाय हो । यसले चिनियाँ अर्थतन्त्रको धेरै हिस्सा ओगटेको छ । अहिले यो क्षेत्र नै लडिरहेको छ ।

चीनको सबैभन्दा नाम चलेको समूह एभरग्रान्डे, कइसा ग्रुप र चाइना आयोन प्रोपर्टी ग्रुपमा देखिएको सङ्कटले नै चिनियाँ रियल स्टेट व्यवसायमा भएको दूरावस्थालाई चित्रित गरेको छ ।

रियल स्टेटहरू चर्को ब्याजदरको मारमा परेपछि उनीहरूले कम भवन निर्माण गर्न थालेका छन् । यसका कारण बेरोजगारी समस्यासमेत देखिन थालेका छन् । बेइजिङ र सांघाईजस्ता ठूला शहरमा समेत  घाटा सहेर सस्तोमा घर बेच्न रियल स्टेटहरू बाध्य छन् ।

तल्लो तहका सरकारका लागि जमिन बिक्रीबापत आउने कर नै आम्दानीको ठूलो स्रोत बन्ने गरेका थिए । जमिन बिक्रीमा नै गिरावट आएपछि यसले स्थानीय सरकारलाई असफल बनाउने चिन्ता थपिएको छ ।

चिनियाँ बजारमा केही उत्पादन सन् २०२० को तुलनामा बढेका थिए । तर, ती वृद्धि अति आवश्यकभन्दा पनि बढी विलासिताका सामानमा थिए । कार र गरगहनामा लगानी बढेका पाइए । यी यावत् समस्याका बावजूद सरकारका केही अधिकारी वर्ष २०२२ को पहिलो ६ महिना कष्टप्रद भए पनि दोस्रो ६ महिना पुर्नउत्थान हुने सम्भावना व्यक्त गर्छन् ।

रियल इस्टेटमा आएको सङ्कट तथा स्थानीय बजारको सङ्कट र चर्को ब्याजदरका कारण बन्द हुँदै गरेका स्थानीय बजारलगायत समस्याका बीच चीन फेरि ४ दशक अगाडिकै बाटोमा त गइरहेको छैन भन्ने प्रश्न सबैका सामु छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ८ : ०० बजे

एम्बुलेन्स चालकको दुखेसो : साइरन बजाउँदा पनि बाटो छोड्दैनन

काठमाडौं – सिन्धुपाल्चोक स्थाई घर भई हाल जोरपाटी माकलवारी बस्ने

 बेनीका सात विद्यालयको कक्षा घटुवा

म्याग्दी–  म्याग्दीको बेनी नगरपालिकाले चालु शैक्षिक सत्रमा विद्यार्थी सङ्ख्या न्यून

वर्षाका कारण नारायणगढ–बुटवल सडकखण्डको काम रोकियो

 नवलपरासी– निरन्तर परेको वर्षाका कारण नारायणगढ बुटवल सडकखण्ड विस्तारको काम

महिला एसिया कप क्रिकेट : प्रतियोगिता अगाडि श्रीलंकासँग अभ्यास खेल खेल्दै नेपाल

काठमाडौं – एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्नै नेपाली

 अर्थ र प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गतका दुईवटा समितिका बैठक आज बस्दैछन् ।