गठबन्धनका शीर्ष नेतासहितको बैठक बालुवाटारमा जारी | Khabarhub Khabarhub

गठबन्धनका शीर्ष नेतासहितको बैठक बालुवाटारमा जारी


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाँच दलीय गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सुरु भएको छ।

बैठकमा शीर्ष नेताहरुसमेत सहभागी भएको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले खबरहबलाई जानकारी दिएका छन्। ‘समितिको बैठक हो। गठबन्धनका शीर्ष नेता पनि सहभागी हुनुहुन्छ’ उनले भने, ‘बैठकमा चुनावबारे छलफल हुँदैछ।’

प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेरअघि सुरु भएको बैठकमा आगामी चुनावबारे छलफल जारी छ। स्थानीय तहको निर्वाचन र राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद्को गतिरोध अन्त्यका विषयमा पनि छलफल हुने बताइएको छ ।

यसअघि प्रचण्डसहितका नेताहरूलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि गठबन्धनको बैठक बस्न सकेको थिएन । वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने की कात्तिक मंसिरमा एकै पटक तीन तहको निर्वाचन गर्ने भन्नेमा गठबन्धनमा सहमति हुन सकेको छैन ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच यही विषयमा छलफल भएको थियो ।

स्थानीय तह निर्वाचनको मिति तत्काल तोक्न सरकारमाथि चौतर्फी दबाब परेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरे पनि सरकारले ढिलाइ गरिरहेको छ ।

निर्वाचन आयोग, प्रमुख प्रतिपक्षी दल, नागरिक समाज र स्थानीय तहका नेताहरूले निर्वाचनको मिति चाँडो तोक्न खबरदारी गरिरहेका छन् । सम्भवतः आजको बैठकबाट कुनै निर्णय हुनसक्ने नेताहरुको दाबी छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ९ : ४१ बजे

लापसे गरी सवारी चलाएका नौ चालक बनेपा प्रहरीको नियन्त्रणमा

काठमाडौँ – लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाइरहेका नौ चालकलाई

गाजामा इजरायलको क्रुरता : पाँच वर्ष मुनिका १२ हजार बालबालिका चरम कुपोषणले छट्पटाउँदै

एजेन्सी – गाजापट्टीमा उग्रवादी सङ्गठन हमास निमिट्यान्न पार्ने बहानामा इजरायलले

बहादुरसिंह लामाले पनि बानियाँलाई मत दिएपछि…

काठमाडौँ – नेपाली कांग्रेसका शीर्ष नेताहरूले संयुक्त निर्णय गरेर बागमती

कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापन र कारागारभित्रको

सुक्खाग्रस्त सङ्कट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

वीरगञ्ज (पर्सा) : पर्साको जिराभवानी गाउँपालिका–५ कुडौलीका कृषक अलखदेवप्रसाद थारूले