नौ दिनमा १२ जना फरार अभियुक्त पक्राउ « Khabarhub

नौ दिनमा १२ जना फरार अभियुक्त पक्राउ


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डडेल्धुरामा विभिन्न मुद्दाका फरार अभियुक्त धमाधम पक्राउ परिरहेका छन् । अदालतको अन्तिम फैसलाले सजाए सुनाएका १२ जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको सक्रियताले नौ दिनमा १२ जना अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । प्रहरीको सक्रियतामा फरार अभियुक्त पक्राउ गर्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक देवेन्द्र पालले बताए ।

‘पक्राउ परिरहेका अभियुक्त अदालतले सजाए सुनाएपछि भागेर तराईका जिल्ला तथा भारतमा लुकेर बसेका थिए । अहिले लामो समय भएपछि घर फर्किएका छन् । र, यही मौका छोपेर हामीले सक्रियता बढाएका छौं,’ डीएसपी पालले भने ।

अदालतले कैद सजाय र जरिवाना फैसला सुनाएका मुद्दामा धेरै फरार रहने गर्छन् । पक्राउ पर्नेमा एकजनालाई एक महिना कैद, चारजनालाई ११ महिना नौ दिन कैद सजायका लागि कारागार पठाएको जिल्ला अदालत डडेल्धुराका तहसिलदार पुष्पराज जोशीले बताए । उनले सातजनाबाट एक सयदेखि दुई लाखसम्म जरिवाना असुलउपर गरी छोडिएको बताए ।

१२ जनाबाट २६ पुसदेखि ३ माघसम्म १० लाख ८४ हजार जरिवानामार्फत राजश्वसमेत संकलन भएको जिल्ला अदालत डडेल्धुराले जनाएको छ । पक्राउ गरी कैद तथा जरिवाना भएपछि राज्य पक्षबाट अदालतको फैसला कार्यान्वयन भएको मानिन्छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  १ : १० बजे

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज : ४७ सांसदले रोजे मातृभाषा

काठमाडौँ – नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

आज २०८२ साल चैत १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई