पानीमाथि पद्माशन गरेका विकर्णलाई ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’को प्रमाणपत्र « Khabarhub

पानीमाथि पद्माशन गरेका विकर्णलाई ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’को प्रमाणपत्र


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वमै पहिलो पटक लामो समय पानीमाथि पद्माशन गरेर नेपाली युवाले विश्व कीर्तिमान कायम गरेका छन् । वाग्मती प्रदेशका विकर्णकुमार श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानीमाथि बसेर शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउन सफल भएका हुन् ।

सोमबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले श्रेष्ठलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरे । मन्त्री निवास पुल्चोकमा गरिएको संक्षिप्त कार्यक्रममा श्रेष्ठलाई मन्त्री अथकले विश्व रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरेका हुन् । त्यसक्रममा मन्त्री अथकले आगामी दिनमा समेत युवाहरुलाई प्रेरीत गर्ने खालका यस्तै गतिविधिमा क्रियाशिल रहन आग्रह गरेका थिए ।

सन २०२१ अगष्ट २ मा स्कोलाष्टिक फाउण्डेशनले आयोजना गरेको शिक्षा सम्बन्धी कार्यक्रमको सञ्चालनका दौरान श्रेष्ठले ९० मिनेटसम्म पानीमाथि पद्माशन गरेका थिए । यो रेकर्ड विश्वमा नै पहिलो पटक कायम भएको स्कोलाष्टिक फाउण्डेशनका अध्यक्ष प्रज्जवल भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  २ : ०० बजे

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ बुँदामा पढ्नुहोस् कार्की आयोग प्रतिवेदनको निष्कर्ष

काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र