पानीमाथि पद्माशन गरेका विकर्णलाई ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’को प्रमाणपत्र « Khabarhub

पानीमाथि पद्माशन गरेका विकर्णलाई ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’को प्रमाणपत्र


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वमै पहिलो पटक लामो समय पानीमाथि पद्माशन गरेर नेपाली युवाले विश्व कीर्तिमान कायम गरेका छन् । वाग्मती प्रदेशका विकर्णकुमार श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानीमाथि बसेर शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउन सफल भएका हुन् ।

सोमबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले श्रेष्ठलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरे । मन्त्री निवास पुल्चोकमा गरिएको संक्षिप्त कार्यक्रममा श्रेष्ठलाई मन्त्री अथकले विश्व रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरेका हुन् । त्यसक्रममा मन्त्री अथकले आगामी दिनमा समेत युवाहरुलाई प्रेरीत गर्ने खालका यस्तै गतिविधिमा क्रियाशिल रहन आग्रह गरेका थिए ।

सन २०२१ अगष्ट २ मा स्कोलाष्टिक फाउण्डेशनले आयोजना गरेको शिक्षा सम्बन्धी कार्यक्रमको सञ्चालनका दौरान श्रेष्ठले ९० मिनेटसम्म पानीमाथि पद्माशन गरेका थिए । यो रेकर्ड विश्वमा नै पहिलो पटक कायम भएको स्कोलाष्टिक फाउण्डेशनका अध्यक्ष प्रज्जवल भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  २ : ०० बजे

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि