काठमाडौँ उपत्यकामा माघ मसान्तसम्म आमसभा, जुलुसमा रोक « Khabarhub

काठमाडौँ उपत्यकामा माघ मसान्तसम्म आमसभा, जुलुसमा रोक

सरकार भन्छ- लकडाउन हुन्न


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले माघ मसान्तसम्म आमसभा, जुलुस, भेला, गोष्ठीलगायतमा रोक लगाएका छन् । तीनै जिल्लाले मंगलबार दिउँसो एकै प्रकृतिको आदेश जारी गर्दै नरम खालको लकडाउनको निर्णय गरेका हुन् ।

‘सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलापमा माघ मसान्तसम्म सञ्चालन नगर्ने’, काठमाडौँ जिल्ला प्रशासनले मंगलबार जारी गरेको आदेशमा भनिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँ, ललितपुर र भक्तपुरले कोरोनाको लक्षण देखिए पाँच दिन क्वारेन्टाइनमा बस्नसमेत आग्रह गरेको छ। उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाइएको छ । मन्दिर दर्शन र पूजाआजामा अस्थायी रोक लगाइएको छ ।

भौतिक रूपमा उपस्थित गर्नुपर्ने कार्यका लागि २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम लागू गरिएको छ ।

यसैबीच सरकारले लकडाउन नगर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले लकडाउनको पक्षमा सरकार नरहेको स्पष्ट पारेको छ । संसद्‍को शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा स्वास्थ्य सचिव रोशन पोखरेलले यस्तो बताएका हुन् । ‘हामी लडकडाउनको पक्षमा छैनौं । भीड नियन्त्रण होस् । स्वास्थ्य मन्त्रालय लडकडाउनको विरुद्धमा छ,’ उनले भने।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ४ : ०४ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

आज २०८२ साल चैत १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ