सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन हेल्प डेस्क स्थापना « Khabarhub

सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन हेल्प डेस्क स्थापना


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीमा कोरोनाभाइरस संक्रमित दिनप्रतिदिन बढ्दै गएको बेला डाक्नेश्वरी नगरपालिकाको पातोमा हेल्थ डेस्क स्थापना गरेर संक्रमण नियन्त्रणको प्रयास थालिएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादव आफ्नै एन्टिजेन परीक्षण गरेर ट हेल्प डेस्क स्थापना गरेको हो।

जिल्लासँग जोडिएको सीमामा कुशाहा छोटी भन्सार कार्यालय सप्तरी नाकाबाट पैदल यात्रुहरूको आवतजावत दिनहुँ हुने गरेपछि यस सीमा क्षेत्रमामा उच्च सतर्कता अपनाउन हेल्प डेक्स स्थापना गरिएको प्रजिअ गौतमले बताए।

सप्तरीसँग जोडिएको नेपाल-भारत सीमामा आवतजावत खुला रहेको नाकामा शरीरको तापक्रम नापेर मात्र सर्वसाधारण लाई आवतजावत गर्न दिइएको छ। उच्च तापक्रम तथा कोरोना लक्षण भएका व्यक्तिहरूलाई एन्टिजेन परिक्षण गर्ने गरिएको जानकारी जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए।

यसअघिदेखि नै सप्तरीको तिलाठी कोईलाडी नाकामा हेल्प डेक्स स्थापना गरिएको छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ४ : १० बजे

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन