प्रधानमन्त्री कपको फाइनलमा एपीएफ र पुलिस भिड्ने | Khabarhub Khabarhub

प्रधानमन्त्री कपको फाइनलमा एपीएफ र पुलिस भिड्ने


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल एपीएफ क्लब प्रधानमन्त्री (पीएम) कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको दोस्रो सेमिफाइनलमा अर्को विभागीय क्लब त्रिभुवन आर्मीलाई ४७ रनले पराजित गर्दै एपीएफले उपाधिका लागि नेपाल पुलिससँग भेट पक्का गरेको हो ।

फाइनल बुधबार हुनेछ । पहिलो सेमिफाइनलमा पुलिसले बागमतीलाई ५० रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

एपीएफले दिएको २३१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा आर्मी नौ विकेट गुमाएर १८३ रनमै समेटियो । आर्मीका राजेश पुलामीले २१ बलमा सर्वाधिक ३८ रन जोडे । यस्तै भीम सार्कीले ३५ तथा सुमित श्रेष्ठले २४ र हरि चौहानले २२ रनको योगदान गरे ।

एपीएफका लागि शरद भेषवाकरले सर्वाधिक तीन विकेट हात पारे । अविनाश बोहरा र भुवन कार्कीले दुई-दुई विकेट लिँदा किशोर महतो र दिपक बोहराले एक-एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २३० रनको विशाल योगफल तयार पार्‍यो । एपीएफका लागि आसिफ शेखले सर्वाधिक ८४ रनको योगदान गरे । लोकेश बमले १८ बलमा ६६ रन बनाउँदा प्रदीप ऐरीले ५३ बलमा ५७ रनको योगदान गरे ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ४ : ३५ बजे

सिटी सेन्टरको ‘फेस्टिभ सेलिब्रेसन–२०२४’ का विजेतालाई उपहार प्रदान

काठमाडौं– काठमाडौँस्थित सिटी सेन्टरले दसैँतिहारमा आयोजना गरेको ‘फेस्टिभ सेलिब्रेसन–२०२४’ का

प्रभु साहको आरोप- ओलीले तराई मधेसको शिक्षा ध्वस्त बनाउन लागे 

सिरहा– आम जनता पार्टी ((आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले

विश्वप्रकाश भन्छन्- उपनिर्वाचनमा पनि कांग्रेस पहिलो पार्टी बन्छ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टीको

एउटा कार्गो जहाजसँग किन आत्तिँदैछ भारत ?

काठमाडौं – प्राकृतिक मामिलामा विषमताको महादेश भनी चिनिने एसियाको महत्वपूर्ण

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

काठमाडौं- पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । काठमाडौंस्थित फ्रन्टलाइन