ओली-देउवा मिले प्रचण्डको भविष्य के होला ? « Khabarhub

ओली-देउवा मिले प्रचण्डको भविष्य के होला ?

एमसीसी पारित गर्न कांग्रेस र एमाले सहमति नजिक !


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : अमेरिकी सहायता परियोजना एमसीसी सत्ता गठबन्धनकै लागी पेचिलो बनेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच कुरा मिल्न नसक्दा एमसीसी सत्ता गठबन्धनकै लागी पेचिलो बनेको हो ।

सहमति जुटाउन देउवाले पटक पटक प्रयास गरिरहेका छन् । तर प्रचण्ड र माधव नेपालले नमानेपछि एमसीसीले सत्ताको भविष्य संकटमा परेको हो । देउवाले बिहीबार नै एमसीसी पारित गर्न सघाउन बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहयोग मागेका छन् ।

स्रोतका अनुसार ओलीले देउवासँग गठबन्धन तोड्न माग गरेका छन् । गठबन्धन तोडेमा एमसीसी पारित गर्ने र सरकारलाई पनि सहयोग गर्ने ओलीको बचन छ । तर दुवै प्रकरणमा पहिला देउवाले निर्णय लिनुपर्ने प्रस्ताव पनि ओलीले अघि सारेका छन् ।

शुक्रबार पनि प्रचण्ड र माधव नेपाललाई मनाउने प्रयास सफल नभए एमालेलाई सरकारमा ल्याएर एमसीसी पारित गर्ने देउवाको तयारी छ । एमसीसी संशोधन नगरेर पारित गरे सरकार छाड्ने चेतावनी प्रचण्ड र माधव नेपालले यसअघि नै दिइसकेका छन् ।

एमसीसीकै कारण प्रतिनिधिसभाका पछिल्ला ६ वटा बैठक निरन्तर प्रभावित छन् । त्यसमा प्रमुख प्रतिपक्षी एमालेको अवरोध पनि मुख्य कारक छ । शुक्रबारको सत्ता गठबन्धनले एमालेको अवरोध हटाएर प्रतिनिधि सभामा एमसीसी टेबल गर्ने विषयमा सहमति जुटाउन नसके नेपाली राजनीति थप जटिल मोडमा पुग्नेछ ।

सत्ता गठबन्धनमा माओवादी र नेकपा एकिकृत समाजवादीको अडान नफेरिएकाले शुक्रबारको संसद् बैठकमा पनि एमसीसी टेबल हुने सम्भावना न्यून देखिएको छ । जसले गर्दा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले गरेको प्रतिबद्धता अलपत्र पर्दै अबको लगभग एक हप्ताभित्र एमसीसी पारित नभए फिर्ता हुने समय नजिकिदो छ ।

यसले गर्दा पनि देउवाको दौडधुप तीव्र भएको हो । बालुवाटारमा सत्ता घटक नेताहरुसँग दैनिक भेटघाट गरिरहेका देउवा प्रतिपक्षी नेताहरुसँग पनि उत्तिकै संवादमा छन् । एमसीसीकै कारण सत्ता गठबन्धन टुट्ने तथा प्रतिपक्षमा बसेको एमाले फेरि सरकारमा आउने वातावरण बनेमा बैशाख ३० गतेको स्थानीय तहको चुनावमा नयाँ समीकरण बन्ने सम्भावना पनि छ ।

यद्यपी, पछिल्लो दुई दशकयता नेपाली राजनीतिका ‘सेन्ट्रेल’ खेलाडी प्रचण्डको कदममा वर्तमान राजनीति निर्भर छ । एमसीसीलाई लेखेकै पत्रअनुसार प्रचण्ड एमसीसी संसद्मा टेबुल गर्न मात्रै पनि तयार देखिए देउवाको दौडधुप घटेर चुनावको ज्वरो स्वतः बढ्ने परिदृश्य प्रकाशमा आउनेछ ।

तर फेरि नजिकिदो चुनावको मुखमा ओली र देउवाबीच सहमति भएर कांग्रेस र एमाले मिलेको खण्डमा माओवादी पार्टी र अध्यक्ष प्रचण्डको भविष्य के होला ? भन्ने टिका टिप्पणी पनि सुरु हुन थालेको छ । गएको चुनावमा एमालेसँग मिलेर सत्तामा जाने सिट जोगाएका प्रचण्ड यतिबेला नाजुक अवस्थामा छन् ।

सत्ता गठबन्धनकै आडमा सत्ताका प्रमुख खेलाडी बनेपनि आफ्नो दोहोरो चरित्रका कारण पार्टी कार्यकर्ता असन्तुष्ट छन् भने जनमानसमा माओवादी पार्टीको छवि धमिलो छ । यस्तो बेला प्रचण्ड मात्रै होइन, भर्खरै एमालेसँग छुट्टिएर बनेको नेकपा एकिकृत समाजवादी पार्टी र अध्यक्ष माधव नेपालको भविष्य पनि अन्योलताको भूमरीमा भासिने जोखिम छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ७ : ५६ बजे

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका अधिकांश मुद्दा

झापा– सम्बन्धविच्छेदका लागि अदालत पुग्ने अधिकांश दम्पती अन्ततः आपसी सहमतिमै

नयाँ तलबमान स्वीकृत: मुख्यसचिवको ९० हजार, कसको तलब कति ?

काठमाडौँ – सरकारले राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ।

‘महाभारत’का अश्वत्थामादेखि ‘गजनी’का डरलाग्दा खलनायकसम्म: प्रदीप रावत सङ्घर्ष र सफलता

भारतीय चलचित्रमा केही कलाकार यस्ता हुन्छन्, जसको नाम सुन्नासाथ कुनै

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा

बाढीले बगाउँदा एक व्यक्तिको मृत्यु

जनकपुरधाम– महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु