लिलोङ्वेमा पुनः देखियो वाइल्ड पोलियो « Khabarhub

लिलोङ्वेमा पुनः देखियो वाइल्ड पोलियो


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिलोङ्वे–अफ्रिकाको भुपरिवेष्ठित राष्ट्र मलावीको राजधानी लिलोङ्वेमा वाइल्ड पोलियोका केसहरु पुनः देखिएको छ । राजधानी लिलोङ्वेमा एक बालकमा वाइल्ड पोलियोको केस देखापरेसँगै त्यहाँको स्वास्थ्य अधिकारीहरुले पोलियो ए टाइप भाइरस प्रकोपको घोषणा गरेका छन् ।

यता विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) अफ्रिकाका क्षेत्रीय निर्देशक डा मात्शिडिसो मोएतीले वाइल्ड पोलियो केसहरु संसारको कुनै पनि ठाउँमा रहेसम्म यसले सबै देशमा संक्रमण फैलाउन सक्ने जोखिम रहेको भन्दै सर्तक रहन चेतावनी दिएकी छन् । अफ्रिकी देशमा ५ वर्षको अन्तराल पछि सो पोलियोका संक्रमण पुनः देखिएको हो ।

सन् २०२० को अप्रिलमा अफ्रिकाले पोलियोमुक्त महादेश घोषणा गरेको थियो । हाल पोलियो पाकिस्तान तथा अफगानिस्तानका केही प्रान्तमा कायमै रहेको पाइएको छ । दुषित खाना तथा पानीको माध्यमबाट बालबालिकामा पोलियो भाइरस सर्ने गर्दछ ।

पोलियो रोगका कारण यसले बालबालिकाको स्नायु प्रणालीमा असर गर्दछ भने यसले २४ घण्टामा बालबालिकालाई पक्षघातमा समेत पुर्‍याउन सक्छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  १ : ०० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु