संसद बैठक आइतबारसम्मका लागि स्थगित « Khabarhub

संसद बैठक आइतबारसम्मका लागि स्थगित


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले सांसदको नाराबाजी भइरहँदा शुक्रबार पनि प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश गरेको छ ।

बैठक सुरु भएलगत्तै एमालेका सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेपछि सभामुख सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका हुन् । सभामुख सापकोटाले कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्न समय दिएका हुन् । मन्त्री बडूले प्रतिवेदन बैठकसमक्ष पेस गरे ।

यसपछि सभामुख सापकोटाले आउँदो आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिए ।

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोवटाको भूमिका रहेको भन्दै विरोधमा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर लगातार एमाले सांसदले संसदमा नाराबाजी गर्दै आएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  १ : ४० बजे

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी

किभमा रुसको तीव्र हवाई प्रहार : विदेशी कूटनीतिज्ञलाई तत्काल सहर छाड्न रुसको कडा चेतावनी

काठमाडौं– रुसले युक्रेनको राजधानी किभमा थप भीषण प्रहार गर्ने चेतावनी