३८ जनालाई मृत्युदण्ड, ११ जनालाई आजिवन कारावासको सजाय « Khabarhub

३८ जनालाई मृत्युदण्ड, ११ जनालाई आजिवन कारावासको सजाय


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको गुजरात राज्यको अहमदाबाद सहरमा सन् २००८ मा भएका शृंखलाबद्ध बम बिस्फोटका ३८ जना दोषीलाई मृत्युदन्ड सजाय सुनाइएको छ । एउटा विशेष अदालतले शुक्रबार सो सजाय सुनाएको हो । सो बिस्फोटका करिब ८० आरोपितमाथि मुद्दा चलाइएको थियो । सन् २००८ को २६ जुलाईमा भएका ती बिस्फोटमा ५६ जनाको मृत्यु भएको थियो ।

७० मिनेटको अन्तरालमा भएका २१ ओटा बिस्फोटका घटनामा २०० भन्दा बढी घाइते भएका थिए । सो घटनामा संलग्न रहेको अभियोगमा विशेष अदालतका न्यायाधीश एआर पटेलले अन्य ११ जना दोषीलाई आजीवन कारावासको सजाय सुनाएका छन् ।

यही ८ फेब्रुबरीमा गुजरातको एक अदालतले घटनामा ४९ जनालाई दोषी ठहर गर्दै २८ जनलाई सफाइ दिएको थियो । १३ वर्ष पुरानो मुद्दामा अदालतले गत वर्ष सेप्टेम्बरमा सुनुवाइ समाप्त गरेको थियो ।

प्रहरीले प्रतिबन्धित स्टुडेन्ट्स इस्लामिक मुभमेन्ट अफ इन्डिया (एसआइएमआई) को गुट इन्डियन मुजाहिद्दिन नामक अतिबादी समूहमा आबद्ध व्यक्ति सो घटनामा संलग्न रहेको दाबी गरेको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ३ : ०० बजे

६६ औँ जन्मदिन मनाउँदै गर्दा बेलायती नरेश चार्ल्सका भाइ पूर्वराजकुमार एण्ड्रियू पक्राउ

काठमाडौं– बेलायतका पूर्वराजकुमर एण्ड्रियू माउन्टबट्टेन विन्जर पक्राउ परेका छन् ।

एमाले नेता तथा पूर्वमन्त्री मानन्धर कांग्रेस प्रवेश 

काठमाडौं– एमाले नेता तथा पूर्वमन्त्री रामबिर मानन्धरसहित सय बढी युवा

कांग्रेसको स्वास्थ्य नीति : अब राज्यको ढुकुटीबाट नेताको उपचार गर्न नपाइने

काठमाडौं– नेपाली कांग्रेसले राज्यको ढुकुटीबाट नेताको उपचार गर्न नपाइने नीति

बढ्दो वायु प्रदूषणप्रति स्वच्छ र स्वस्थ वातावरणका लागि सिजी इलेक्ट्रोनिक्सको प्रतिबद्धता

काठमाडौं– पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरहरूमा वायु

यस्तो छ नेपाली कांग्रेसको प्रतिज्ञा पत्र (पूर्णपाठ)

काठमाडौं– नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि