जापान र अष्ट्रेलियाद्वारा रुसमाथि थप प्रतिबन्धको घोषणा « Khabarhub

जापान र अष्ट्रेलियाद्वारा रुसमाथि थप प्रतिबन्धको घोषणा


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनमाथि रुसी आक्रमणविरुद्ध विभिन्न मुलुकहरूले रुसी धनाढ्य र संस्थाहरूलाई प्रतिबन्ध लगाउने क्रम रोकिएको छैन । अमेरिका, ईयू, बेलायत, दक्षिण कोरियाजस्ता देशहरुले रुसमाथि विभिन्न किसिमका प्रतिबन्धहरूको घोषणा गरिसकेका छन् । यसैबीच अष्ट्रेलिया र जापानले पनि रुसमाथि थप प्रतिबन्धको घोषणा गरेका छन् ।

अष्ट्रेलियाले रुसका धनाढ्य एवम् राष्ट्रपति भ्लादिमिर पुटिनका निकटस्थ ओलेग डेरिपास्का र भिक्टोर भेक्सेल्बर्गविरुद्ध प्रतिबन्धको घोषणा गरेको हो । त्यस्तै, अष्ट्रेलियाले रुसको केन्द्रीय बैंकसहित ११ बैंक र संस्थानहरूमाथि पनि प्रतिबन्ध लगाएको छ ।

पछिल्लो प्रतिबन्धले रुसको सरकारी ऋण जारी र व्यवस्थापन गर्ने कार्यलाई प्रहार गरेको अष्ट्रेलियाको विदेश मन्त्रालयको दाबी छ ।

त्यसैगरी जापानले पनि थप १५ रुसी नागरिक र ९ संस्थालाई प्रतिबन्ध लगाएको घोषणा गरेको छ । जापानी प्रतिबन्धमा पर्नेमा रुसको सरकारी स्वामित्वको हतियार कम्पनी रोसोबोरोनएक्स्पोर्ट पनि समावेश छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ११ : २४ बजे

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु

हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा