ओली सरकारले गरेका संवैधानिक नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ गरिँदै | Khabarhub Khabarhub

ओली सरकारले गरेका संवैधानिक नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ गरिँदै


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषदको सिफारिसमा नियुक्त गरेका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग गर्दै परेका रिटहरूमाथि सुनुवाइ हुने भएको छ ।

संवैधानिक परिषदसम्बन्धी प्रावधान संशोधन गरी विभिन्न संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध दायर रिट निवेदनमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।

केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले गत वर्ष संवैधानिक परिषद बैठकका केही प्रावधान परिवर्तन गर्नका लागि अध्यादेश ल्याइ तत्कालै विभिन्न संवैधानिक पदमा नियुक्ति गरेको थियो ।

उक्त अध्यादेश संविधानको मर्म विपरीत रहेको र संसदीय सुनुवाईसमेत नगरी नियुक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

उनीहरुले त्यसरी गरिएका नियुक्ति खारेजीको माग पनि रिट निवेदनमा गरेका छन् । उक्त रिट निवेदन संवैधानिक इजलासमा पठाइएपछि आज पहिलो पटक सुनुवाइ हुन लागेको हो ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  १२ : २८ बजे

माटोका भाँडा बनाएर आत्मनिर्भर

सुनसरी– इटहरी उपमहानगरपालिका– ६ का सुरज पण्डित माटोका भाँडाकुँडा बनाएर

पोखरा भरिभराउ : लामो बिदाले बढायो आन्तरिक पर्यटन

पोखरा– केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक तथा

मेची भन्सार कार्यालयबाट अलैँचीको निर्यात ३३ प्रतिशतले बढ्यो

झापा– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

युवालाई आत्मनिर्भर बनाउँदै चखेल गाउँ

मकवानपुर– विदेशमा पसिना बगाएर मात्र जीवन बदलिन्छ भन्ने भ्रमलाई चिर्दै

पर्यटकको पर्खाइमा जुम्लाको नदैगुफा

जुम्ला– जुम्लाको तिला गाउँपालिका– ९ माथिल्लो खोप्री गाउँमा रहेको नदैगुफा