बैंकिङ क्षेत्रमा देखिएको समस्याको चूनौतिपूर्ण व्यवस्थापनका लागि सुझाव आवश्यक : अर्थमन्त्री शर्मा « Khabarhub

बैंकिङ क्षेत्रमा देखिएको समस्याको चूनौतिपूर्ण व्यवस्थापनका लागि सुझाव आवश्यक : अर्थमन्त्री शर्मा


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले बैंकिङ र व्यवसायीक क्षेत्रमा समस्या देखिएको भन्दै यस क्षेत्रको व्यवस्थापन गर्न चूनौति रहेको बताएका छन्। 

शुक्रबार ललितपुर उद्योग वाणिज्य महासंघको ५५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालको बैंकिङ र व्यवसायीक क्षेत्र सबै ढालेमाले भएको भन्दै समस्या पैदा भएको भन्दै यसको चूनौतिपूर्ण व्यवस्थापनका लागि सुझाव आवश्यक रहेको बताएका हुन् । 

मन्त्री शर्माले अहिले आयातमा निकै वृद्धि भएको अन्तर्राष्ट्रिय क्षेत्रको हरेक वस्तुमा मूल्य वृद्धि हुनुले बैंकिङ र व्यवसायीक क्षेत्रमा असर परेको धारणा राखे। उनले आयात प्रतिस्थापन गर्नका लागि ठोस र मुर्त रुपमा क्षेत्रहरु निर्धारण गरेर नै काम गर्नुपर्ने उल्लेख गरे। आयात प्रतिस्थापनका लागि उत्पादनमा सरकारले विशेष जोड दिएको उनको भनाइ छ । उनले नयाँ बजेट र नीति निर्माण गर्ने बेला आएकाले नीजि क्षेत्रको सुझाव आवश्यक रहेको र व्यवसायिक प्रवर्द्धन गर्ने उदेश्यले नै बजेट तयार गरिएको बताए ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महा संघका अध्यक्ष शेखर गोल्छाले सरकारी खर्च नहुने विषय राष्ट्रिय रोग नै रहेको भन्दै यसका लागि नीति निर्माणमा ध्यान दिनुपर्ने बताए। उनले पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न नसकेको भन्दै यस क्षेत्रमा लगाइएको सबै प्रकारका बन्देजहरु हटाइ दिनुपर्ने धारणा राखे।

कार्यक्रममा २५ वर्ष निरन्तर सङ्घको सदस्य भएका व्यक्तिलाई प्रशंसापत्र वितरण गरिएको थियो । यस्तै नेपालको संस्कृति र साहित्यमा योगदान पु-याउने  व्यक्तिलाई समेत सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  २ : १३ बजे

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई जना घाइते

मकवानपुर – बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका–२

आजका समाचार : संसद्‍मा शीर्ष नेताहरूको सम्बोधन, ओली-लेखक थप दुई दिन हिरासतमै रहने, एसईई सुरु र पश्चिम एशियामा युद्ध जारी

एमालेलाई रमेश लेखकको माया लाग्दा कांग्रेससहितका अरू दल सरकारसँग नरमप्रतिनिधिसभाको

सरकारले ७८ गाउँपालिकामा खटायो प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं- सरकारले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।