प्रधानमन्त्रीको १२ अर्बले कति युवालाई रोजगारी दियो ? | Khabarhub Khabarhub

प्रधानमन्त्रीको १२ अर्बले कति युवालाई रोजगारी दियो ?



अहिले अर्थतन्त्रमा देखिएका कतिपय समस्या गत वर्षको जेठबाट सुरु भएको हो । त्यति बेला हरेक बैंकहरु बसेर राष्ट्र बैकलाई, राष्ट्र बैंकले बैंकलाई र व्यापारीले बैंकलाई गाली गर्‍यौँ । सरकारलाई गाली गर्‍यौँ । यसमा जिम्मेवारी लिनुपर्ने ठाँउमा एक अर्कालाई पन्छाउँदा ६/७ महिना त्यतिकै बिताइदियौँ ।

त्यसको मूल्याङ्कन र विश्लेषण भएन । एउटा तरिकाबाट हेर्दा एउटै चिज देखिन्छ । मैले हेर्दा बैंकिङ क्षेत्रमा प्रतिनिधित्व गर्छु । बैंकको हक र हितको लागि काम गर्छु । व्यापारीको कुरा सुन्ने हो भने उसको हकको लागि हेर्छ ।

त्यस कारण एउटा फोरम हुनुपर्‍यो । त्यसले सबैलाई हेर्नुपर्‍यो । ३६० डिग्रीको हिसाबबाट हेर्‍यौँ भने त्यसले कुनै न कुनै समाधान ल्याउँछ होला जस्तो लाग्छ । वर्तमान अवस्थालाई हेर्दा यो तत्कालीन र दीर्घकालीन अवस्थामा विभाजन गर्नुपर्छ ।

राष्ट्र बैंकमा नीतिगत रूपमा बेला बेलामा ‘मिक्स’ हुन्छ । तपाईंहरूको पाँच वर्षको योजना खोइ ? लिएर आऊ भनेर राष्ट्र बैंकले हामीलाई भन्छ। सरकारको पनि स्थायित्व नभएको कारणले धेरै चिजहरू तल माथि हुन्छ । वास्तवमा एक वर्षपछि के हुन्छ भनेर अनुमान गर्न लाग्यौँ भने हात्ती छामे जस्तै हो । हामीले तत्कालीन र दीर्घकालीन नीतिहरू विभाजन गरेका छैनौँ ।

नेपाल श्रीलंका भएको छैन । किनभने श्रीलंकाको मुख्य समस्याहरू हाम्रोसँग केही मिल्दैन । त्यस कारणले त्यो समस्या र हाम्रो समस्या फरक छ । तर त्यो भन्दैमा क्यान्सर रहेनछ भन्दैमा उफ्रेर घर आएर सुत्न पर्ने अवस्था पनि होइन । अन्य रोग त हुन सक्छ ।

त्यस कारणले यो श्रीलंका जस्तो समस्या नभए पनि अन्य समस्या आउने स्थिति म देख्छु । हामीले ५० प्रतिशत १०० प्रतिशतको क्यास मार्जिनमा मात्र ल्याउने गरी लगभग ४७ वटा बस्तुहरूलाई विभाजन गयौँ । त्यसको उद्देश्य राष्ट्र बैकको निरुत्साहित गर्ने थियो जुन रिक्वायर थियो।

त्यसको असर ५० र १०० प्रतिशत क्यास मार्जिन दिनुपर्ने पैसा चाहिँ साथीहरू सहकारीको चर्को व्याज लिएर ४० प्रतिशत लिएर क्यास मार्जिन राखेर सामानहरू ल्याइरहनु भएको छ । त्यसले गर्दा मूल्य छ । हामीले आयात त केही न केही निरुत्साहित गरेका छौँ ।

इन्धनको खपत बढी भयो । भारतबाट हुने आयातमा इन्धन सबैभन्दा धेरै छ । सार्वजनिक यातायातका बारेमा कहिले पनि नीति र व्यवस्थापनबारे चर्चा भएन । भए पनि काम भएन ।

सार्वजनिक यातायात र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नुपर्छ । नेपालको सन्दर्भमा गत वर्षको समीक्षा किन गरिएन भन्दा त्यसमा कुनै प्यारामिटरहरू मिट भएको हुँदैन । कुनै जबाफदेहिता छैन ।

प्रधानमन्त्री रोजगार योजनामा यो वर्ष पनि १२ अर्ब रुपैयाँ छुट्याएको छ । त्यो पैसाले साँच्चै युवाहरूलाई रोजगारीमा कति ल्यायौँ त ? गत वर्ष पनि छुट्याएको थियो । त्यसबाट कति ल्यायौँ त ? कृषिलाई प्रमोट गर्ने भनी बजेट छुट्याइयो तर त्यसमा कति काम भयो ? कति प्रभावकारी भयो भनी छलफल हुँदैनन् । त्यसको कारण पत्ता लगाएर अर्को वर्षको योजना बनाउँदा त्यसलाई लिएर गयौँ भने त्यसले राम्रो गर्दछ ।

देशको विकास हुनलाई एक तिहाइ हुन पर्दछ । यसमा दुई वटा कामहरू हुनु पर्दछ । एउटा भनेको ‘स्वबरिन ग्यारेन्टीकोको व्यवस्था हुनुपर्दछ । अर्को हेजिनको कुरा हेरिनु पर्दछ । स्वाबरिन ग्यारेन्टी नदिएसम्म नेपालको राजनैतिक, तथा लिगल सिस्टम छ, त्यो कारणले कुनै पनि फरेन इन्भेस्टरबाट ५/१० करोड त आउँला बाँकी सबै सभा सेमिनारमा खर्च हुने देखिन्छ । भारतको पनि गर्भमेन्टले स्वबरिन व्यवस्था गरिएको छ ।

पूर्वाधार विकास सरकारको नै जिम्मा हो । भोलि भएन भने त्यो जिम्मा सरकारले लिनु पर्दछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको डरले पनि कुनै अधिकारले त्यो साइन गरेर अगाडि बढाउन खोज्दैन । त्यसकारणले त्यसलाई लिगल व्यवस्था गर्ने हो भने एक तिहाइको फ्लो अघि बढ्न सक्छ ।

सरकारले दुई वटा योजना तयार गर्नु पर्दछ । नयाँ कुनै प्रोडक्ट आयो भने ५/१० वर्ष सब्जेक्टिभ दिएर अगाडि ल्यायो भने त्यसले अर्थतन्त्रमा निकै महत्त्वपूर्ण सहयोग पुग्छ । वास्तवमा अधिकारले काम गरेपछि हुने/नहुने सबै लगाएर यहाँ भन्दा पहिला डेपुटी गभर्नरलाई निकालिएको थियो । अब गभर्नरलाई निकालेको छ ।

(खबरहबद्वारा आयोजित ‘अहिलेको आर्थिक संकट र समाधानको उपाय’ विषयक अन्तर्क्रिया कार्यक्रममा नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीले राखेको धारणाको सम्पादित अंश)

(प्रस्तुति .पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ८ : १२ बजे

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता