विश्व इतिहासमा आज : अल्बर्ट आइन्सटाइनको मृत्युदेखि फ्रान्सिस्कोको शक्तिशाली भूकम्प « Khabarhub

विश्व इतिहासमा आज : अल्बर्ट आइन्सटाइनको मृत्युदेखि फ्रान्सिस्कोको शक्तिशाली भूकम्प


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

आज सन् २०२२ को १८ अप्रिल ।आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । आजकै दिन प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनको मृत्यु भएको थियो । त्यस्तै जिम्बाबेले बेलायतबाट आजकै दिन स्वतन्त्र भएको थियो । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाक्रमः

सान फ्रान्सिस्कोमा शक्तिशाली भूकम्प
सन् १९०६ मा क्यालिफोर्नियाको सान फ्रान्सिस्को सहरमा शक्तिशाली भूकम्प गएको थियो । भूकम्पमा परेर ३ हजार जनाको मृत्यु भएको थियो । भूकम्प र त्सपछिको आगलागीमा ८० प्रतिशत सहर ध्वस्त भएको थियो ।

सेन्ट पिटर निर्माण सुरु
सन् १५०६ मा हालको सेन्ट पिटर्स बासिलिकाको निर्माण सुरु भएको थियो । भ्याटिकन सिटीको सेन्ट पिटर विश्वको सबैभन्दा महत्वपूर्ण क्याथोलिक क्षेत्रहहरू मध्ये एक हो ।

अल्बर्ट आइन्सटाइनको मृत्यु
आजकै दिन विश्व प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनको मृत्यु भएको थियो । जर्मन मूलका अमेरिकी वैज्ञानिक आइन्सटाइनको मृत्यु १९५५ को १८ अप्रिलमा भएको थियो । उनको जन्म १८७९ को १४ मार्चमा जर्मनीको युल्ममा भएको थियो । २० औं शताब्दीका महान् भौतिकशास्त्री आइन्सटाइनको सापेक्षतावादको सिद्धान्त अर्थात् ‘थ्योरी अफ रिलेटिभी’लाई भौतिकशास्त्रको महान सिद्धान्तका रुपमा लिइन्छ । यही सिद्धान्तका कारण २०औँ तथा २१ औँ शताब्दीमा भौतिकशास्त्रमा क्रान्ति ल्याएको छ ।

जिम्बाबे स्वतन्त्र
सन् १९८० को १८ अप्रिलमा जिम्बाबे बेलायतबाट स्वतन्त्र भएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ६ : १७ बजे

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते

नुवाकोटको दृश्य : उद्धार गर्दै सुरक्षाकर्मी, आफन्तको आर्तनाद (तस्बिरहरू)

काठमाडौं– नुवाकोटका बाढीपीडितलाई नेपाली सेनासहित सुरक्षाकर्मीद्वारा हवाई उद्धार जारी छ

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार