महानगर र उपमहानगर टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै  « Khabarhub

महानगर र उपमहानगर टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै 


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्थानीय तहको निर्वाचन आउन २५ दिन बाँकी छ। निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि समय तोकेको छ ।

मनोनयन दर्ता गर्न ६ दिन मात्र बाँकी रहँदा सत्ता गठबन्धनले आज महानगर र उपमहानगरपालिकाका उम्मेदवार टुंग्याउने तयारी गरेको छ ।

भागबन्डा टुंग्याउन आज बिहान ९ बजे सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

हालसम्म नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले ६ वटा महानगर र ११ वटा उपमहानगरको उम्मेदवारका लागि आआफ्नै अडान कायम राखेका छन् ।

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरसहित ४ उपमहानगर, नेकपा एकीकृत समाजवादीले पोखरा महानगरसहित तीन उपमहानगर र जनता समाजवादी पार्टीले वीरगन्ज महानगरसहित तीन उपमहानगरपालिकामा दाबी गरेको समाचार बाहिरिएका छन्।

आइतबार बसेको बैठकमा दलका नेताहरुले आ-आफ्नो दाबी प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ७ : १७ बजे

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते

नुवाकोटको दृश्य : उद्धार गर्दै सुरक्षाकर्मी, आफन्तको आर्तनाद (तस्बिरहरू)

काठमाडौं– नुवाकोटका बाढीपीडितलाई नेपाली सेनासहित सुरक्षाकर्मीद्वारा हवाई उद्धार जारी छ

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार