धनुषाका ३ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप ८ वैशाखदेखि लगाइने « Khabarhub

धनुषाका ३ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप ८ वैशाखदेखि लगाइने


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – धनुषा जिल्लामा करिब ३ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ ।

८ वैशाखदेखि १६ सम्म चल्ने खोप अभियानमा १८ वटै पालिकाका १५ महिनादेखि १५ वर्ष उमेरका २ लाख ९६ हजार ७ सय ७५ बालबालिकालाई खोप लगाइनेस्वास्थ्य कार्यालय धनुषाले जनाएको छ ।

स्वास्थ्य कार्यालय धनुषाका प्रमुख जुगलकिशोर यादवले टाइफाइडविरुद्धको खोप अभियानलाई सफल र प्रभावकारी बनाउन१ हजार ६१ वटा खोप केन्द्रको स्थापना गरिएको जानकारी दिए । सामुदायिक तथा संस्थागत विद्यालयसहित ७ सय ६२ वटा विद्यालयमा पनि खोप लगाइने उनले बताए ।

विद्यालयमा जान नसकेका वा छुटेका बालबालिकालाई वडाको स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा पनि खोप दिनेछ । खोप अभियान सञ्चालनका लागि २ हजार १ सय २४ जना स्वयंसेवक परिचालन गरिने छ ।

२ सय १५ वटा खोप टोलीसमेत परिचालन गरिने र १ सय ६८ जना स्थानीय सुपरभाइजर समेत खट्ने स्वास्थ्य कार्यालयका खोप अधिकृत राजदेव यादवले बताए । उनका अनुसार खोपबाट बचाउन सकिने रोगहरूलाई शून्यमा झार्ने सरकारको लक्ष्य अनुसार धनुषामा पनि टाइफाइड विरुद्ध खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

टाइफाइड दूषित पानी र बासी सडेगलेका खानेकुरा र फोहोर हात मुखमा जाँदा संक्रमण हुने रोग भएकोले सरसफाइमा बढी ध्यान दिनुपर्ने उनले बताए ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ९ : ५९ बजे

गुहारको आवाज आउँछ, तर टुलुटुलु हेर्‍यो, बस्यो : तेम्पा छिरिङ तामाङ

काठमाडौं– रसुवाको लाङटाङ गाउँका स्थानीय बासिन्दाको अझै उद्धार हुन सकेको

प्रधानमन्त्री बालेनलाई मार्ने धम्की दिएको आरोपमा एक युवक समातिए

काठमाडौं- सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री वालेन्द्र शाहलाई मार्ने धम्की दिएको आरोपमा

आजतकको दाबी : नेपालको बाढीमा १०५ भारतीय पर्यटक बेपत्ता, बिहारका ६ जिल्ला जोखिममा

नेपालमा बाढी- रसुवा जिल्लामा तिब्बततर्फबाट आउने भोटेकोशी नदीमा अचानक आएको

काठमाडौंमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ आयोजना हुने’

काठमाडौं– ‘लन्डन क्लाइमेट एक्सन विक’ जस्ता विश्वव्यापी पहलहरूबाट प्रेरित भई

काठमाडौं महानगरले भोटेकोशी बाढीको विपद् व्यवस्थापनमा काम गर्ने 

काठमाडौं– भोटेकोशी नदीमा आएको ठुलो आकस्मिक बाढीले रसुवाको टिमुरे तथा स्याफ्रुबेंसी