प्रतितोला ५०० ले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

प्रतितोला ५०० ले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले बढेर रु एक लाख दुई हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार ५०० थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँच ले बढेर रु एक हजार ४२० पुगेको महासङ्घले जनाएको छ । बजारमा सुनचाँदीका आयातमा बैंकहरुले एलसी नखोलेपछि यसको प्रत्यक्ष प्रभाव देखिएको छ ।

विवाहको मौसम सुरु भएकाले सुन तथा चाँदीका माग बढ्ने हुँदा सरकारले यसको वैकल्पिक उपायमा ध्यान दिन व्यवसायीहरुले माग गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९८५ डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ११ : ३५ बजे

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६