जनावरभन्दा धेरै लामो समय किन बाँच्छ मानिस ? यसो भन्छन् वैज्ञानिक | Khabarhub Khabarhub

जनावरभन्दा धेरै लामो समय किन बाँच्छ मानिस ? यसो भन्छन् वैज्ञानिक


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- के तपाईंले कहिल्यै सोच्नुभएको छ मानिस किन जनावरहरू भन्दा धेरै लामो जीवन बाँच्छ ? निश्चय नै तपाईंले एक वा धेरै पटक यसबारेमा सोचेको हुनुपर्छ ।

हाम्रा पशु साथीहरू– कुकुर वा बिरालाहरूका लागि २० वर्षको आयु लामो हुन्छ तर हाम्रा लागि ५०–६० वर्षको आयु कहिलेकाँही छोटो मानिन्छ । किन ?

यसको साधारण कारण मानिसको औसत ७०–८० वर्षको उमेरमा मृत्यु हुनु हो । सन् २०१७ मा राष्ट्रसंघले मानिसको औसत आयु ७२ दशमलब ६ वर्ष जनाएको थियो ।

किन हाम्रो आयु लामो छ त ? आयुले हाम्रो शरीरको आकारसँग केही सम्बन्ध राख्ने वैज्ञानिकहरू बताउँछन् । विज्ञहरूका अनुसार सानो शरीरको आकारले छिटो ऊर्जा खपत गर्छ जसले द्रुत गिरावट निम्त्याउँछ । 

उदाहरणका लागि एउटा मुसाको औसत आयु ३ दशमलब ७ वर्ष हुन्छ जबकी कुकुरको १० देखि १३ वर्षसम्म हुन्छ । त्यसो हो भने केबल पाँच इन्चको नेकेड मोल मुसाको आयु किन जिराफ जत्तिकै हुन्छ ? जिराफ सामान्यतया २४ वर्ष बाँच्छ भने यो मुसा २५ वर्ष बाँच्छ ।

नेचर जर्नलमा प्रकाशित क्याम्ब्रिजको वेलकम सेंगर इन्स्टिच्युटले गरेको नयाँ अध्ययनले लामो वा छोटो आयुका पछाडि आनुवंशिक क्षय र डीएनए उत्परिवर्तनको दर रहेको जनाएको छ ।

अध्ययनअनुसार लामो आयु भएका जनावरहरूले सफलतापूर्वक आफ्नो डीएनए उत्परिवर्तन ढिलो गर्छन्, जसले उनीहरूको लामो आयुमा योगदान पुर्‍याउँछ

सोमाटिक उत्परिवर्तनहरू आनुवंशिक परिवर्तनहरू हुन् जुन सबै कोषिकाहरूमा हुन्छन् र प्रायः महत्वहीन हुन्छन् । तर, तिनीहरूमध्ये केहीले क्यान्सरको मार्गमा कोष राखिदिन सक्छन् वा सामान्य कार्यलाई असर गर्न सक्छन् ।

टेलिग्राफको एउटा रिपोर्टले अध्ययनका लेखकलाई उद्धृत गर्दै लेखेको छ, ‘मुसा र बाघजस्तै जनावरहरूमा आनुवंशिक परिवर्तनहरूको समान ढाँचा फेला पर्नु अचम्मको विषय  थियो ।’

अब जिराफ र नेकेड मोलको उदाहरणतर्फ फर्कौँ । तिनीहरूको लगभग समान आयुको रहस्य आनुवंशिक उत्परिवर्तनको संख्यामा निहित छ । जिराफको आनुवंशिक उत्परिवर्तनको संख्या ९९ छ भने मुसाको ९३ छ ।

हामी मानिसहरूमा एक वर्षमा मात्र ४७ उत्परिवर्तनहरू हुन्छ भने ३ दशमलब ७ वर्ष आयु भएका मुसाले हरेक वर्ष ७९६ उत्परिवर्तनहरू सामना गर्छन् ।

अनुसन्धानकर्ताहरूका अनुसार खोजले बुढ्यौली प्रक्रिया, मृत्युको अपरिहार्यता र समयको बारेमा ज्ञानको ढोका खोल्छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ११ : ४९ बजे

अदालतको आदेशपछि परिचारिका काममा फर्किने

काठमाडौं – नेपाल वायुसेवा निगमले श्रम अदालतको आदेश बमोजिम विमान

गायिका चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

काठमाडौं – गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र दुव्र्यवहार

ट्रम्प र पुटिनबीच बिहीबार फोनवार्ता हुने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड

युवाहरुलाई सीप सिकाउँदै गण्डकी प्रेदश सरकार

गण्डकी – युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन गण्डकी प्रदेश सरकारले व्यावसायिक

सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री