बैतडीमा एसईईका लागि तयारी तीव्र « Khabarhub

बैतडीमा एसईईका लागि तयारी तीव्र


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी तीव्र पारिएको छ। वैशाख ९ गतेदेखि सञ्चालन हुने उक्त परीक्षाका लागि तयारी तीव्र पारिएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले जनाएको हो ।

इकाई प्रमुख नरेन्द्रप्रसाद अवस्थीका अनुसार परीक्षा सञ्चालनका लागि २५ वटा परीक्षा केन्द्र निर्धारण गरिएका र ग्रेड वृद्धिका परीक्षार्थीको परीक्षा नियमिततर्फको परीक्षा दिएको विद्यालयमै हुने भएको छ ।

विगतमा छुट्टै परीक्षा केन्द्र निर्धारण गरिए पनि अहिले ग्रेड वृद्धि गर्ने परीक्षार्थीहरुको परीक्षा पनि नियमितको परीक्षा दिएकै विद्यालयमा गर्न केन्द्राध्यक्षहरुलाई नियुक्त गरिसकिएको छ।

परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन नियुक्त केन्द्राध्यक्षका लागि यही वैशाख ६ गते अभिमुखीकरण कार्यक्रम राखिएको जनाइएको छ ।

यस वर्षको एसईई परीक्षामा जिल्लाका पाँच हजार ४३१ विद्यार्थी सहभागी हुने भएकामा नियमिततर्फ पाँच हजार १८१, प्राविधिकतर्फ १८१ र ग्रेड वृद्धि तर्फ ६७ विद्यार्थी सहभागी हुनेछन् । परीक्षा यही वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा हुने भएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १ : १५ बजे

अमेरिकाले विश्वव्यापी भिसा समय रोकेको रिपोर्ट

वासिङ्टन– राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले आप्रवासनसम्बन्धी छानविन कडा

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को सचिवालय बैठक बस्ने

प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षित हुन्छन् : प्रहरी महानिरीक्षक कार्की

बागलुङ– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको पर्खाइमा

रसुवाबाट १३ घाइतेको उद्धार, उपचारका लागि काठमाडौं ल्याइयो (नामावलीसहित)

काठमाडौं– रसुवाबाट १३ घाइतेको उद्धार भएको छ । उनीहरुलाई उपचारका लागि