अवार्ड नलिने दीपकले अवार्ड थापेपछि... | Khabarhub Khabarhub

अवार्ड नलिने दीपकले अवार्ड थापेपछि…


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाँचौ ‘एनएफडिसी’ अवार्डमा सहभागी भएयता अभिनेता दीपकराज गिरी अवार्ड समारोहमा जादैनन् । उनलाई अचेल अवार्ड आयोजकले बोलाउन पनि छाडिसके । दीपकले पाएको अवार्ड उनकै टिमबाट कसैले ग्रहण गर्छन र उनीसम्म पुर्‍याउने गरेका छन् ।

केही वर्ष अगाडि नेपाल चलचित्र संघले अमेरिकामा गर्ने भनिएको ‘पपुलर अवार्ड’ मा उनी सहभागी हुने चर्चा थियो । यद्यपि त्यो अवार्ड नै भएन ।

पाँचौ ‘एनएफडिसी’ अवार्ड समारोहको बिचबाट बाहिरिनुलाई धेरैले अवार्ड बहिष्कार गरेको रुपमा टिप्पणी गरेपछि दीपकले फेसबुक स्टाटसमार्फत दर्शकलाई स्पष्टीकरण पनि दिएका थिए । उनले आफू अब कुनै पनि अवार्ड समारोहमा नजाने बरु त्यसको सट्टामा राम्रो फिल्म बनाउने प्रतिक्रिया दिएका थिए, जसले खुबै चर्चा पायो।

अभिनेतासँगै निर्माता तथा लेखक दीपकले राष्ट्रपति भवन शितल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार’ मा उत्कृष्ट अभिनेताको अवार्ड थापे । वि।सं २०७६ सालमा निर्मित फिल्म ‘छ माया छपक्कै’ बाट उनले उत्कृष्ट अभिनेताको अवार्ड थापेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट उनले अवार्ड ग्रहण गरेका थिए ।

दीपकलाई अवार्ड समारोहमा देखेपछि नै अवार्ड उनले पाउने अनुमान उपस्थितले गरिसकेका थिए । र, रिजल्ट पनि त्यस्तै आयो । केही वर्षदेखि अवार्ड कार्यक्रममा नै नजाने भनेर बहिष्कार गरेका दीपकले राष्ट्रपति भवनमा अवार्ड लिएपछि धेरैमा जिज्ञासा हुनु स्वाभाविक नै हो । दीपकले सञ्चारकर्मीसँग कुरा गर्दै आफूलाई राष्ट्रले अवार्ड दिने भएकाले ग्रहण गरेको प्रतिक्रिया दिए ।

‘राष्ट्रपति कार्यालयमा सम्मान पाउँदै छु भनिएपछि नलिने कुरा हुन्न । मैंले अन्य अवार्ड बहिष्कार गरेको होइन । त्यहाँ सहभागी नभएको हो’ दीपकले भने ।

उनले आफूलाई सहज लाग्ने भएकाले नै अवार्ड ग्रहण गरेको समेत बताए । मलाई जहाँ सहज लाग्छ, म त्यहीं नै जाने हो । मैंले, अन्य आयोजकले गर्ने अवार्ड कार्यक्रममा अवार्ड पाउँदा आफू उपस्थित नभएपनि अवार्डलाई भने सजाएर राखेको छु ’ उनले भने ।

उनले राष्ट्रले गर्ने अवार्ड समारोहमा पहिलो पटक सहभागी भएको समेत जनाए । ‘व्यक्ति वा समुहले गर्ने अवार्ड भन्दा राष्ट्रले गरेको अवार्ड महत्वपूर्ण हुने भएकाले आएको हुँ । मैंले यसलाई प्रोत्साहनको रुपमा लिएको छ। म विद्यार्थी हुँ र सिक्ने क्रम जारी छ’ दीपकले भने । उनले आफूले केही वर्ष यता अवार्डको विषयमा टिप्पणी गर्न समेत छाडेको बताए ।

तीन वर्ष यता अवार्डको विषयमा नबोलेको बताउने दीपकले आफूले अवार्ड पाएपछि राष्ट्रिय चलचित्र पुरस्कारको विषयमा नबोलेको चर्चा समारोहमै चलेको थियो । ‘दीपकले पनि अवार्ड पाएपछि नबोल्ने रहेछन्’ सहभागी एक फिल्मकर्मीले भन्दै थिए ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ३ : ३० बजे

एमालेले प्रचण्डलाई दिएको अल्टिमेटम सकिँदै, मन्त्रीहरू बालकोटको निर्देशन कुर्दै

काठमाडौं- नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिन आफ्ना मन्त्रीहरूलाई

तालिबानद्वारा अमेरिकासँग बन्दी आदानप्रदानबारे छलफल

एजेन्सी– अफगानिस्तानमा दुई अमेरिकी कैदीलाई हिरासतमा राखिएको र ग्वान्टानामो बेमा

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

काठमाडौं– सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र

टी-२० अलराउण्डरको वरीयतामा हार्दिक पाण्डेय शीर्ष स्थानमा

काठमाडौं– भारतलाई टी-२० विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका अल राउण्डर

झिनो अंकले बढ्यो नेप्से, ५ अर्बमाथिको कारोबार 

काठमाडौं– मंगलबार धेरै उतारचढाव भएको शेयर बजार बुधबार भने सामान्य