सुरक्षा भन्छिन् : ‘सपना पुरा भयो’ « Khabarhub

सुरक्षा भन्छिन् : ‘सपना पुरा भयो’


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विक्रम संवत् २०७६ सालमा प्रदर्शनमा आएको फिल्म ‘आमा’ बाट सुरक्षा पन्तले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् ।

आफ्नो भूमिकालाई जीवन्त बनाउने सुरक्षाको कामको चर्चा प्रदर्शनको समयमा धेरै फिल्मकर्मीले गरेका थिए । उक्त वर्ष प्रदर्शनमा आएको फिल्ममा ‘आमा’ बलियो भएको धेरैले चर्चा गरिरहेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अवार्ड ग्रहण गरेकी सुरक्षाले उपस्थित सबैबाट शुभेच्छा पाइन् ।

अवार्ड प्राप्त गरेपछि सुरक्षाले आफूलाई दायित्व बोध भएको बताइन् । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सुरक्षाले दर्शकको प्रतिक्रियाले नै आफूलाई अवार्ड प्राप्त भइसकेको बताइन् । ‘हरेक कलाकारको सपना हुन्छ, राष्ट्रबाट सम्मानित हुने । आज यो सपना मेरो पनि पुरा भयो’ उनले भनिन् ।

अवार्ड समारोहमा कृपावाद र पूँजीवाद हावी हुने प्रश्नमा सुरक्षाले राष्ट्रिय अवार्ड त्यस्तो नहोस् भन्ने कामना गरिन् । ‘भनसुन त हरेक ठाउँमा हुन्छ जस्तो लाग्छ तर यहाँ त्यस्तो नहोस्’ उनले भनिन् ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  २ : ३३ बजे

सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित

एजेन्सी– सिरियामा युद्धका क्रममा छाडिएका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थका

दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद

काठमाडौं– सशस्त्र प्रहरीले महोत्तरीको सोनमा गाउँपालिका-६ मगरथानाबाट आज करिब दुई

बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नुवाकोट– नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको उद्धार

काठमाडौं- रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक विदेशी नागरिकको उद्धार