किसानलाई सधैँ पीडा : लगाएको बाली उठाउन नपाई क्षति | Khabarhub Khabarhub

किसानलाई सधैँ पीडा : लगाएको बाली उठाउन नपाई क्षति


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– गौरीगञ्ज-१ का खगेन्द्र श्रेष्ठले बगरमा ‘पैसा’ फलाउने उद्देश्यले माई नदीको बगरमा खरबुजा खेती लगाएका छन्।गत वर्षदेखि खरबुजा खेती सुरु गरेका खगेन्द्रले यसपटक भने खरबुजा खेतीबाट केही आम्दानी गर्ने सोचेका थिए ।

वैशाख पहिलो साताबाट खरबुजा टिप्न योग्य हुन्छ । गत वर्ष यही समयमा कोरोना महामारी फैलिएपछि लकडाउन हुँदा उत्पादित खरबुजा बजारसम्म पुर्‍याउन सकेका थिएनन् ।

पाँच बिघा बगर क्षेत्रमा लगाएको खरबुजाबाट लगानी उठाउन पनि हम्मेहम्मे परेको थियो । ‘गत वर्षदेखि बगरमा पनि केही गर्न सकिन्छ कि भनेर खरबुजा खेती गर्न थालेको हुँ,’ उनी भन्छन्, ‘गत वर्ष पाँच लाख लगानी गरेर खरबुजा लगाएँ । तर, लकडाउनले बगरमै खरबुजा कुहिने अवस्था आयो । बल्लतल्ल लगानी उठाएँ ।’

यसपटक खरबुजा राम्रो फलेको थियो । मिहिनेतअनुसार कमाई हुनेमा उनी ढुक्क थिए । खरबुजा पाकेर टिप्ने बेला भएको थियो । तर, चैत अन्तिमसाता आएको असिना पानीले उनको खरबुजा खेतीमा क्षति गर्‍यो । पाँच लाख खर्च गरेर पाँच बिघामा लगाएको खरबुजा असिनाले कामै नलाग्ने गरी बिगारेको खगेन्द्र बताउँछन् ।

श्रेष्ठजस्ता किसानलाई सधैँ समस्या हुने गरेको छ । प्राकृतिक प्रकोपले सधैँ उठाउन लागेको बालीमा क्षति पुर्‍याउने गरेको छ । गत कात्तिकमा खगेन्द्रले लगाएको दुई बिघा धान खेतीमा क्षति पुर्‍याएको थियो ।

यस्तै मोरङका मेघराज चौधरी ६ महिनादेखि गौरीगञ्ज (२ स्थित भाकुरमार माई नदीको बगरमा छन् । नदीले बगर बनाएको जग्गा भाडामा लिए । बगरमा मल लगाए । खरबुजाको बिउ रोपे । उनले करिब चार हजार खरबुजाका बोट रोपे । मलजल गरे । ६ महिना बगरमै बसेर यसलाई स्याहार पनि गरे । यसका लागि उनले ऋण गरेर तीन लाख खर्चेका छन् । तर, फल आउने बेलामा भने असिनाले सखाप बनायो ।

‘६ वर्षदेखि उक्त बगरमा खरबुजा खेती गर्दै आएको छु । पहिला त राम्रो हुन्थ्यो । अहिले त कहिले लकडाउन हुन्छ कहिले के,’ उनी भन्छन्, ‘यसपटक असिनाले सखाप बनायो । ६ महिना मिहिनेत गर्‍यो फल पाउने बेलामा यस्तो भएपछि के गर्ने र पाकेको खरबुजा सबै असिनाले फुटायो । यसपटक त लगानी पनि नउठ्ने भयो ।’

असिनाले क्षति पुर्‍याएर बाँकी रहेका खरबुजा उनी धमाधम बगरबाटै प्रतिकेजी २० रुपैयाँसम्म खरबुजा बिक्री भइरहेको छ । ‘बाँकी रहेकोले कतै लगानी उठ्छ कि, लगानी उठेन भने साहुको ऋण कसरी तिर्ने,’ उनी भन्छन् ।न्युज कारखाना

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ४ : ०५ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने