किसानलाई सधैँ पीडा : लगाएको बाली उठाउन नपाई क्षति « Khabarhub

किसानलाई सधैँ पीडा : लगाएको बाली उठाउन नपाई क्षति


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– गौरीगञ्ज-१ का खगेन्द्र श्रेष्ठले बगरमा ‘पैसा’ फलाउने उद्देश्यले माई नदीको बगरमा खरबुजा खेती लगाएका छन्।गत वर्षदेखि खरबुजा खेती सुरु गरेका खगेन्द्रले यसपटक भने खरबुजा खेतीबाट केही आम्दानी गर्ने सोचेका थिए ।

वैशाख पहिलो साताबाट खरबुजा टिप्न योग्य हुन्छ । गत वर्ष यही समयमा कोरोना महामारी फैलिएपछि लकडाउन हुँदा उत्पादित खरबुजा बजारसम्म पुर्‍याउन सकेका थिएनन् ।

पाँच बिघा बगर क्षेत्रमा लगाएको खरबुजाबाट लगानी उठाउन पनि हम्मेहम्मे परेको थियो । ‘गत वर्षदेखि बगरमा पनि केही गर्न सकिन्छ कि भनेर खरबुजा खेती गर्न थालेको हुँ,’ उनी भन्छन्, ‘गत वर्ष पाँच लाख लगानी गरेर खरबुजा लगाएँ । तर, लकडाउनले बगरमै खरबुजा कुहिने अवस्था आयो । बल्लतल्ल लगानी उठाएँ ।’

यसपटक खरबुजा राम्रो फलेको थियो । मिहिनेतअनुसार कमाई हुनेमा उनी ढुक्क थिए । खरबुजा पाकेर टिप्ने बेला भएको थियो । तर, चैत अन्तिमसाता आएको असिना पानीले उनको खरबुजा खेतीमा क्षति गर्‍यो । पाँच लाख खर्च गरेर पाँच बिघामा लगाएको खरबुजा असिनाले कामै नलाग्ने गरी बिगारेको खगेन्द्र बताउँछन् ।

श्रेष्ठजस्ता किसानलाई सधैँ समस्या हुने गरेको छ । प्राकृतिक प्रकोपले सधैँ उठाउन लागेको बालीमा क्षति पुर्‍याउने गरेको छ । गत कात्तिकमा खगेन्द्रले लगाएको दुई बिघा धान खेतीमा क्षति पुर्‍याएको थियो ।

यस्तै मोरङका मेघराज चौधरी ६ महिनादेखि गौरीगञ्ज (२ स्थित भाकुरमार माई नदीको बगरमा छन् । नदीले बगर बनाएको जग्गा भाडामा लिए । बगरमा मल लगाए । खरबुजाको बिउ रोपे । उनले करिब चार हजार खरबुजाका बोट रोपे । मलजल गरे । ६ महिना बगरमै बसेर यसलाई स्याहार पनि गरे । यसका लागि उनले ऋण गरेर तीन लाख खर्चेका छन् । तर, फल आउने बेलामा भने असिनाले सखाप बनायो ।

‘६ वर्षदेखि उक्त बगरमा खरबुजा खेती गर्दै आएको छु । पहिला त राम्रो हुन्थ्यो । अहिले त कहिले लकडाउन हुन्छ कहिले के,’ उनी भन्छन्, ‘यसपटक असिनाले सखाप बनायो । ६ महिना मिहिनेत गर्‍यो फल पाउने बेलामा यस्तो भएपछि के गर्ने र पाकेको खरबुजा सबै असिनाले फुटायो । यसपटक त लगानी पनि नउठ्ने भयो ।’

असिनाले क्षति पुर्‍याएर बाँकी रहेका खरबुजा उनी धमाधम बगरबाटै प्रतिकेजी २० रुपैयाँसम्म खरबुजा बिक्री भइरहेको छ । ‘बाँकी रहेकोले कतै लगानी उठ्छ कि, लगानी उठेन भने साहुको ऋण कसरी तिर्ने,’ उनी भन्छन् ।न्युज कारखाना

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ४ : ०५ बजे

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन– जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी) सङ्क्रमित

मतभेद र असन्तुष्टिलाई संवादबाट समाधान गरिनुपर्छ : नेता निधि

महेन्द्रनगर– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र देखिएका मतभेद र

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३-८४ मा एक

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम

तेह्रथुम– म्याङलुङ नगरपालिकाले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका

कोशी प्रदेशसभा : आर्थिक सर्वेक्षण पेस

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारका आर्थिक मामिला