मोहन वैद्यलाई छाडेका राई समूह माओवादीमा समाहित « Khabarhub

मोहन वैद्यलाई छाडेका राई समूह माओवादीमा समाहित


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबाट विद्रोह गरेका नागेन्द्र राई समूह नेकपा माओवादी केन्द्रमा समाहित भएको छ ।

राई समूहसहित नेपाल लोकतान्त्रिक जनता कांग्रेस पार्टी पनि सोमबार माओवादी केन्द्रमा समाहित भएका हुन् ।

माओवादी केन्द्रका वार्ता संयोजक कृष्णबहादुर महरा, नेपाल लोकतान्त्रिक जनता कांग्रेसका अध्यक्ष जितबहादुर चौधरी र नेकपा क्रान्तिकारी माओवादीका पोलिट्ब्युरो सदस्य नागेन्द्र राईले सोमबार संयुक्त रूपमा विज्ञप्ति जारी गरेर पटक पटकको छलफल र बहस पश्चात सोमबारदेखि माओवादी केन्द्रमा राई समूह र  नेपाल लोकतान्त्रिक जनता कांग्रेस समाहित भएको जानकारी दिएको हो ।

वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र नेपाल लोकतान्त्रिक जनता कांग्रेस तीन बुँदे सहमति गर्दै माओवादी केन्द्रमा समाहित भएका हुन् ।

संयुक्त विज्ञप्ति 

आज मिति २०७९ साल वैशाख ५ गतेका दिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को वार्ता समिति र नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) बाट विद्रोह गरी आउनु भएका कमरेड नागेन्द्र राई समूह, नेपाल लोकतान्त्रिक जनता कांग्रेस पार्टी बीच पटक पटक छलफल र बहस पश्चात हामी सबै पक्ष निम्न अनुसारको सहमति गर्दै आजैका मितिदेखि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा समायोजन भएको घोषणा गर्दछौं । साथै नेपलाको एक मात्र क्रान्तिकारी पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रमा ध्रुवीकरण भएको घोषणा गर्दैछौं ।

१. मार्क्सवाद–लेनिनवाद–माओवादप्रति प्रतिबद्ध रहदै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र को विचार, राजनीति, कार्यदिशा र सांगठनिक सिद्धान्तप्रति प्रतिबद्धता जाहेर गर्दछौँ ।

२. नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी)बाट विद्रोह गरी नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र मा समाहित हुनु भएका कमरेड नागेन्द्र राईलाई पार्टीको केन्द्रीय सदस्य र बाँकी ३ जना कमरेड कृष्ण गुरुङ, कमरेड तिलबहादुर पुन र कमरेड कुमार बोगटीलाई वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी दिने र बाकी सबै कमरेडहरुको जिम्मेवारी स्थानीय निर्वाचन पछाडि उचित जिम्मेवारी आपसी छलफल र सहमतिको आधारमा तय गर्ने निर्णय गरियो ।

३. नेपाल लोकतान्त्रिक जनता कांग्रेस पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र मा समाहित हुनु भएका कमरेड जीतबहादुर चौधरी र कमरेड जिमी लामालाई पार्टी केन्द्रीय समितिको बैकल्पिक केन्द्रीय समितिको सदस्यको जिम्मेवारी दिने र बाँकी सबै कमरेडहरुको जिम्मेवारी स्थानीय निर्वाचनपछि उचित जिम्मेवारी आपसी छलफल र सहमतिका आधारमा ढुंगो लगाउने निर्णय गरियो ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ३ : २५ बजे

अमेरिकाले विश्वव्यापी भिसा समय रोकेको रिपोर्ट

वासिङ्टन– राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले आप्रवासनसम्बन्धी छानविन कडा

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को सचिवालय बैठक बस्ने

प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षित हुन्छन् : प्रहरी महानिरीक्षक कार्की

बागलुङ– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको पर्खाइमा

रसुवाबाट १३ घाइतेको उद्धार, उपचारका लागि काठमाडौं ल्याइयो (नामावलीसहित)

काठमाडौं– रसुवाबाट १३ घाइतेको उद्धार भएको छ । उनीहरुलाई उपचारका लागि