कांग्रेस कास्कीले नेकपा एससँग गठबन्धन तोड्यो « Khabarhub

कांग्रेस कास्कीले नेकपा एससँग गठबन्धन तोड्यो


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेकपा एकीकृत समाजवादीले पोखराको मेयर पदमा दाबी नछोडेपछि कास्की कांग्रेसले नेकपा एससँगको गठबन्धन तोड्ने निर्णय गरेको छ ।

कांग्रेसका दुई जिल्ला सचिवले विज्ञप्ति निकालेर एकीकृत समाजवादीसँग मित्रवत् प्रतिस्पर्धा गर्ने र उसलाई गठबन्धनमा सामेल नगराउने जानकारी दिएका हुन् ।

उनीहरूले केन्द्रीय गठबन्धनबाटै गठबन्धन गर्न नसके मित्रवत् प्रतिस्पर्धा गर्न निर्देशन दिएको भन्दै कास्कीमा नेकपा एससँग गठबन्धन नगर्ने बताएका हुन् ।

‘गठबन्धनमा रहेका दलहरूसँग पटक पटकको लामो छलफल र बहसका साथै सँगै तालमेल गरेर जाने सन्दर्भमा भरपुर प्रयत्न गरियो । जिल्ला संयन्त्रवाट निर्वाचनका लागि तालमेल गर्ने सम्बन्धमा नेकपा एकीकृत समाजवादीसँग कास्की जिल्लामा व्यापक छलफल हुँदा पनि नेकपा एसको अस्वभाविक दाबीका कारणले निष्कर्ष निस्कन सकेन,’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टी मातहातका निकायहरूको राय सुझावलाई समेत मध्यनजर गरी अन्य गठबन्धनका दलहरूसँग तालमेलका लागि वार्ता र सम्वाद अगाडि बढाउने र एकीकृत समाजवादीसँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धासहित जाने निर्णय गरियो ।’

सचिव भानुभक्त ढकाल र देवेन्द्र रानाभाटले संयुक्त विज्ञप्ति जारी गरेर पोखरा महानगर पालिकाको प्रमुख (मेयर) का सम्बन्धमा सञ्चार माध्यममा आएको हल्लाका पछाडि नलाग्न पार्टीपंक्तिलाई आह्वान गरेका छन् । कांग्रेसले पोखराको मेयर आफैंले पाउनुपर्ने अडान राख्दै आएको छ । यसकै लागि जिल्ला नेतृत्वले केन्द्रीय नेताहरूसँग समेत भेटघाट गरेर फर्किएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ४ : १२ बजे

अमेरिकाले विश्वव्यापी भिसा समय रोकेको रिपोर्ट

वासिङ्टन– राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले आप्रवासनसम्बन्धी छानविन कडा

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को सचिवालय बैठक बस्ने

प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षित हुन्छन् : प्रहरी महानिरीक्षक कार्की

बागलुङ– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको पर्खाइमा

रसुवाबाट १३ घाइतेको उद्धार, उपचारका लागि काठमाडौं ल्याइयो (नामावलीसहित)

काठमाडौं– रसुवाबाट १३ घाइतेको उद्धार भएको छ । उनीहरुलाई उपचारका लागि