मारिउपोलमा रहेका आफ्ना फौजले अन्त्यसम्म लड्ने युक्रेनी प्रधानमन्त्रीको दृढता « Khabarhub

मारिउपोलमा रहेका आफ्ना फौजले अन्त्यसम्म लड्ने युक्रेनी प्रधानमन्त्रीको दृढता


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनका प्रधानमन्त्री डेनिस श्मियालले रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको युक्रेनको मारिउपोल शहरमा रहेका युक्रेनी फौजले अन्तिमसम्म लड्ने बताएका छन् ।

अमेरिकी टेलिभिजन च्यानल एबीसीलाई दिएको अन्तरवार्तामा श्मियालले मारिउपोल शहरमा रहेका युक्रेनी फौजले अन्त्यसम्म लड्ने बताएको बीबीसीले जनाएको छ ।

‘शहर अझै ढलिसकेको छैन ।’ उनले भने, ‘हाम्रा सैन्य बल, हाम्रा सैनिकहरू त्यहीँ छन्, त्यसैले उनीहरु अन्त्यसम्म लडिरहनेछन् ।’

हिजोमात्रै रुसी फौजले मारिउपोल शहरमा रहेका युक्रेनी फौजलाई आत्मसमर्पण गर्न प्रस्ताव गरेका थिए । रुसले शहरको अधिकांश क्षेत्रमा नियन्त्रण जमाएको बताउँदै आएको छ ।

यद्यपि शहरको एजोभस्तल औद्योगिक क्षेत्रमा अझै पनि युक्रेनी फौजले रुसी आक्रमणको डटेर सामना गरिरहेको बीबीसीले जनाएको छ ।
 

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ४ : ०७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै