सेयर बजार दोहोरो अंकले ओरालाे « Khabarhub

सेयर बजार दोहोरो अंकले ओरालाे


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सेयर बजार साेमबार दाेहाेराे अंकले ‌ओरालाे लागेकाे छ । लगातार बजार घट्ने क्रममा सोमबार पनि ४१ दशमलव ७७ अंकले ओरालाे लागेकाे छ । कारोबारको दोस्रो दिन सोमबार १ दशमलव  ७५ प्रतिशतले घटेर  त्यही २३४३ दशमलव ८७ अंकमा आएर बजार बन्द भएको छ ।

२२९ वटा कम्पनीको सेयर कारोबार हुँदा २०२ वटा रातो, २० वटा हरियो र ७ वटा स्थिर रहेका छन्। कारोबार रकममा पनि खासै ठूलो उतारचढाव देखिएको छैन । साेमबार २२९ वटा कम्पनीको ३१ हजार ८२५ वटा कारोबार हुँदा कारोबार रकम भने एक अर्ब ५३ करोड रुपैयाँ बराबरको भएको छ।

बजार घटना क्रम जारी रहँदा पनि नेस्डाे लघुवित्तले भने साेमबार पनि सर्किट लेभलमा  बढेर २७ सय ३७ दशमलव सात रुपैयाँमा अन्तिम कारोबार भएको छ ।  साेमबार बढ्नेमध्ये ७ दशमलव ९८ प्रतिशतले दिव्यश्वरी हाइड्रोपावर बढेर २७२ मा  ६ दशमलव ०९ प्रतिशतले बढ्दा जाल्पा लगुवित्त ५७५ दसमलब १ मा अन्तिम कारोबार भएका छन् ।

अत्याधिक  घट्नेमध्ये नेपाल इन्फ्रास्ट्रकचर डेभलपमेन्ट ८ दशमलव ३३ प्रतिशतले घट्दा ५५० मा, हिमालयन ऊर्जा ७ दशमलव ५७ प्रतिशतले घट्दा  ३३६ दशमलव १ मा , इमर्जिङ नेपाल ७ दशमलव १ प्रतिशतले घट्दा ८३८ मा, ग्रिन लाइफ हाइड्रो ६ दशमलव  ०४ प्रतिशतले घट्दा ३८७६ मा, ५ दशमलव ९५ प्रतिशतले घट्दा युनिभर्शल पावर कम्पनी २४८ मा र गुडविल फाइनान्स ५ दशमलव ८३ प्रतिशतले घट्दा ४८५ मा अन्तिम कारोबार भएको छ ।

हाइड्रो इन्डेक्स २ दशमलव ९८ प्रतिशत र अदर्श इन्डेक्स २ दशमलव ८६  प्रतिशतले घटेको छ ।  अत्याधिक कारोबार हुनेमध्ये चार करोड ९९ लाख बराबरको नबिल बैंक, चार करोड ९१ लाख बराबरको हिमालयन डिस्टिलरी र चार करोड ५० लाख बराबरको  महालक्ष्मी विकास बैंक छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ५ : १० बजे

परम्परागत चिकित्सामा सहयोग बढाउन भारत–अफगानिस्तान छलफलमा

एजेन्सी– अफगानिस्तानका जनस्वास्थ्य मन्त्री मावलवी नूर जलाल जलालीले भारत र

कांग्रेस महाधिवेशनमा पेशागत संघ–संस्थालाई पूर्ण प्रतिनिधित्वको माग

काठमाडौं– नेपाली कांग्रेसको आगामी महाधिवेशनमा शुभेच्छुक संस्थाका प्रतिनिधिलाई मतदानको अधिकार मात्र

चौथो बन्दै उपमहासचिवमा पराजित भए ओलीका भित्रिया विष्णु रिमाल

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ओलीका सबैभन्दा विश्वासिला पात्र विष्णु

उपाध्यक्षमा गुरुङ लोकप्रिय, ल्याए १७३७ मत, दोस्रोमा विष्णु पौडेल

काठमाडौं- नेकपा एमालेको उपाध्यक्ष पदमा विजय भएका पृथ्वीसुब्बा गुरुङले १७३७

सचिवमा ओलीको प्यानल नै विजयी

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको सचिव पदमा अध्यक्ष