ठूला पार्टी भन्नेहरु जनताबाटै धेरै टाढा भइसके : लिङ्देन « Khabarhub

ठूला पार्टी भन्नेहरु जनताबाटै धेरै टाढा भइसके : लिङ्देन


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक पार्टी भन्नेहरु जनताबाटै धेरै टाढा भइसकेको बताएका छन्। 

सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले ठूला राजनीतिक पार्टी भन्नेहरुबाट देशको सुधार र विकास सम्भव नभएको समेत बताए। उनले ठूला दलहरु असफल भइसकेको अवस्थामा देशको नयाँ विकल्प राप्रपा भएको दाबी गरे। पछिल्लो समय आम जनतामा राप्रपा प्रति नयाँ आशा र विश्वास बढ्दै गएको उनको भनाइ छ । उनले राप्रपाप्रति राखेको भरोसा टुट्न नदिने प्रतिवद्धता जनाए। 

पार्टी प्रवेशको सार्वजनिक आह्वान गरेको राप्रपाले सोमबार विभिन्न व्यक्तिहरुलाई पार्टी प्रवेश गराएको हो ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ५ : ४९ बजे

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको