हेटौंडाको मेयरमा गठबन्धन दलबीच अझै मिलेन तालमेल « Khabarhub

हेटौंडाको मेयरमा गठबन्धन दलबीच अझै मिलेन तालमेल


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– स्थानीय तहको निर्वाचन नजिकिएसँगै मकवानपुरमा चुनावी माहोल तात्न थालेको छ । तर, पनि पाँच दलीय सत्तारुढ गठबन्धनको उम्मेदवारको अझैसम्म पनि टुंगो लाग्न सकेको छ्रैन ।

गठबन्धनका दलहरूले हेटौंडा उपमहानगरपालिकाको प्रमुखको लागि आआफ्नो दाबीसहित उम्मेदवारको नाम सिफारिस गर्न थालेका छन् । सत्ता गठबन्धनका दलहरूले मेयर पदका लागि अडान नछाडेपछि अझैसम्म उम्मेदवार टुंगो लगाउन नसकिएको हो ।

नेकपा एकिकृत समाजवादीले आइतबार मेयर पदको लागि दुई जनाको नाम सिफारिस गरेको छ भने नेपाली कांग्रेसले पनि सोमबार मेयर र उपमेयर पदका लागि तीन÷तीन जनाको नाम सिफारिस गरेको छ ।

नेकपा एसले हालकी उपमेयर मीना कुमारी लामा र एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेललाई मेयरमा उम्मेदवार बनाउन सिफारिस गरेको हो । अघिल्लो पटक एमालले जितेको स्थानमा समाजवादीले दाबी गरिरहेको छ । समाजवादीले हेटौंडाका १९ वटै वडाको अध्यक्षहरूमा पनि नाम सिफारिस गरेको छ ।

कांग्रेस हेटौंडा उपमहानगर समितिले हेटौंडाको मेयरमा आनन्दराम पराजुली, उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको छ भने उपमेयरमा अमृता थापा, इन्दिरा न्यौपाने र तारा राई कार्कीको नाम सिफारिस गरेको छ ।

गठबन्धनको टुंगो लागिसकेपछि कांग्रेस जिल्ला कार्यसमितिले केन्द्रमा सिफारिस गर्ने नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले बताए ।
केही दिनमा नै उम्मेदवारको टुंगो लगाउने उनको भनाइ छ ।

नेकपा माओवादीले भने आफ्नो तर्फबाट मेयर तथा उपमेयरको नाम सिफारिस गरेको छैन ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ५ : ५४ बजे

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइन कारोबार गर्ने एक

पति-पत्नीलाई गोली हानी डकैती गरेको अभियोगमा तीनजना पक्राउ

जलेश्वर– स्थानीय सोनमा गाउँपालिका–३ खखना गाउँमा गत जेठ २० गते

गगनले भने- सरकारकै योजनामा गाडी तेर्स्याइयो 

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले सञ्चारमाध्यम, व्यावसायिक

गगन थापाको निवासअगाडि तेर्स्याइएको गाडी प्रहरीले उठायो

काठमाडौं– कांंग्रेस सभापति गगन थापाको निवास अगाडि तेर्स्याइएको गाडी प्रहरीले

सञ्चारगृह र पत्रकारलाई त्रसित पार्ने प्रयास निन्दनीय : उज्यालो नेपाल

काठमाडौं- उज्यालो नेपाल पार्टीले हिमालय टेलिभिजन, अनलाइनखबर तथा कान्तिपुर दैनिकको