हेटौंडाको मेयरमा गठबन्धन दलबीच अझै मिलेन तालमेल « Khabarhub

हेटौंडाको मेयरमा गठबन्धन दलबीच अझै मिलेन तालमेल


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– स्थानीय तहको निर्वाचन नजिकिएसँगै मकवानपुरमा चुनावी माहोल तात्न थालेको छ । तर, पनि पाँच दलीय सत्तारुढ गठबन्धनको उम्मेदवारको अझैसम्म पनि टुंगो लाग्न सकेको छ्रैन ।

गठबन्धनका दलहरूले हेटौंडा उपमहानगरपालिकाको प्रमुखको लागि आआफ्नो दाबीसहित उम्मेदवारको नाम सिफारिस गर्न थालेका छन् । सत्ता गठबन्धनका दलहरूले मेयर पदका लागि अडान नछाडेपछि अझैसम्म उम्मेदवार टुंगो लगाउन नसकिएको हो ।

नेकपा एकिकृत समाजवादीले आइतबार मेयर पदको लागि दुई जनाको नाम सिफारिस गरेको छ भने नेपाली कांग्रेसले पनि सोमबार मेयर र उपमेयर पदका लागि तीन÷तीन जनाको नाम सिफारिस गरेको छ ।

नेकपा एसले हालकी उपमेयर मीना कुमारी लामा र एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेललाई मेयरमा उम्मेदवार बनाउन सिफारिस गरेको हो । अघिल्लो पटक एमालले जितेको स्थानमा समाजवादीले दाबी गरिरहेको छ । समाजवादीले हेटौंडाका १९ वटै वडाको अध्यक्षहरूमा पनि नाम सिफारिस गरेको छ ।

कांग्रेस हेटौंडा उपमहानगर समितिले हेटौंडाको मेयरमा आनन्दराम पराजुली, उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको छ भने उपमेयरमा अमृता थापा, इन्दिरा न्यौपाने र तारा राई कार्कीको नाम सिफारिस गरेको छ ।

गठबन्धनको टुंगो लागिसकेपछि कांग्रेस जिल्ला कार्यसमितिले केन्द्रमा सिफारिस गर्ने नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले बताए ।
केही दिनमा नै उम्मेदवारको टुंगो लगाउने उनको भनाइ छ ।

नेकपा माओवादीले भने आफ्नो तर्फबाट मेयर तथा उपमेयरको नाम सिफारिस गरेको छैन ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ५ : ५४ बजे

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको