फ्लप भएपछि ओटीटीमा आउँदै ‘बिस्ट’ « Khabarhub

फ्लप भएपछि ओटीटीमा आउँदै ‘बिस्ट’


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण भारतीय सुपरस्टार थलापति विजयले कोरोना भाइरसको महामारी पश्चात रिलिज गरेको फिल्म ‘मास्टर’ बाट दर्शक माझ एउटा भिन्न पहिचान बनाए ।

कोभिडको पहिलो लहरपछि सन् २०२१ मा प्रदर्शनमा आएको यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाई गरेको थियो । ‘मास्टर’ पछि सबै दर्शक उनको आगामी फिल्म ‘बिस्ट’ को प्रतीक्षा गरिरहे थिए । समाचारअनुसार यो फिल्ममा विजयले सय करोड रुपैयाँ पारिश्रमिक लिए । यद्यपि फिल्मले बक्स अफिसमा कमाल देखाउन सकेन । गत अप्रिल १३ मा रिलिज भएको फिल्मले दर्शक नपाएपछि अब यसलाई ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज गरिने भएको छ ।

नेल्सन दिलीपकुमार निर्देशित फिल्मलाई आउँदो मे महिनाको ११ तारिखमा नेटफ्लिक्समा हेर्न पाइनेछ । फिल्ममा विजयसँग प्रमुख भूमिकामा पूजा हेगडेको अभिनय छ । फिल्ममा योगी बाबु, अर्पणा दासलगायत कलाकारले अभिनय गरेका छन् । एक्सन थ्रिलरको यो फिल्मका लागि अभिनेता विजयले १० वर्ष पश्चात टिभी अन्तर्वार्ता समेत दिएका थिए ।

‘सन टीभी’ ले गत अप्रिल १० मा राति ९ बजे प्रसारण गरेको अन्तर्वार्ता विजयले कुनै पनि टेलिभिजनलाई १० वर्षपछि पहिलोपटक दिएका थिए । प्यान इन्डिया फिल्मको रुपमा रिलिज गरिएको फिल्मले कुनै पनि भाषामा दर्शकको साथ पाउन सकेन ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ७ : ४२ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका