सरकारी निकायहरूलाई २० प्रतिशतले इन्धन कटौती गर्न सरकारको निर्देशन « Khabarhub

सरकारी निकायहरूलाई २० प्रतिशतले इन्धन कटौती गर्न सरकारको निर्देशन


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थ मन्त्रालयले सरकारी निकाय तथा सार्वजनिक संघसंस्थाहरूलाई इन्धनको खपत २० प्रतिशतले कटौती गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले सोमबार सूचना जारी गरी विभिन्न मन्त्रालय तथा निकाय तथा सार्वजनिक संघसंस्थालाई इन्धनको खपत २० प्रतिशतले कटौती गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले यी निकायहरूलाई चालु आर्थिक वर्षमा बाँकी रहेको इन्धनसम्बन्धी बजेटमा २० प्रतिशतले कटौती गर्न भनेको छ ।

यद्यपि, यो निर्णय विकास आयोजनाहरू, शान्ति सुरक्षा, अत्यावश्यक सेवा र आसन्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि लागु नहुने पनि मन्त्रालयले जनाएको छ ।

यो कटौती हाललाई २०७९ असार मसान्तसम्म लागु रहने छ ।

निर्णय पालनको अनुगमन केन्द्रीय निकायहरू, सवै संवैधानिक निकायहरू र प्रदेशको हकमा प्रधानमन्त्री तथा तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहको हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गरिने छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ११ : ३२ बजे

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक