रोङ गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले निर्वाचित « Khabarhub

रोङ गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले निर्वाचित


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – इलामको रोङ गाउँपालिकामा नेपाली कांग्रेसका मनिकुमार स्याङबो (सुवास) अध्यक्षमा निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका मेहेरमान तामाङलाई पराजित गरेका छन् । स्याङबोले ४ हजार छ सय ७९ मत पाएका छन् भने तामाङले चार हजार तीन सय २२ मत पाएका छन् ।

उपाध्यक्षमा भने नेकपा एमालेकी विष्णुमाया भुजेल निर्वाचित भएकी छन् । उनले काँग्रेसकी कल्पना देवी खनाल (भण्डारी)लाई पराजित गर्दै भुजेल पालिका उपाध्यक्षमा निर्वाचित भएकी हुन् । भुजेलले चार हजार छ सय ५६ मत प्राप्त गरेकी छिन् भने खनालले चार हजार एक सय ९७ मत पाएकी छिन् ।

भुजेल २०७४ को स्थानीय तहको निर्वाचनमा पनि उपाध्यक्षको लागि प्रतिस्पर्धा गरेकी थिइन् । त्यसबेला उनी काँग्रेसकी चन्द्रकला राईसँग पराजित भएकी थिइन् ।

 

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ७ : ११ बजे

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

डुम्रे– तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु

जुम्लाका आठ स्थानीय तहका १२६ उजुरी अख्तियारमा

जुम्ला– अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतमा जुम्लाका

श्रम संस्कृतिका सांसदको प्रश्न- हाम्रो एउटै प्रश्नले दुई तिहाइको प्रधानमन्त्री किन आत्तिनु ?

काठमाडौं- श्रम संस्कृति पार्टीको तर्फबाट निर्वाचित भोजपुरका सांसद धुर्वराज राई

कोशी प्रदेशसभाबाट एक विधेयक सर्वसम्मतिले पारित

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान

पक्राउ परेकै दिन छुटे काठमाडौंका तत्कालीन प्रजिअ रिजाल

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा