उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु , ४ घाइते « Khabarhub

उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु , ४ घाइते


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका-६ नेपालटार दनुवारबेसीको बैद्यनाथको पुलमा वीरगंञ्जबाट विराटनगरतर्फ गुडेको बा २५ च ७८१९ नम्बरको कार मंगलवार राति अनियन्त्रित भएर पल्टिँदा कारमा सवार ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

घाइतेमध्ये मोरङको विराटनगर महानगरपालिका-५ चाँदनी चोकका ३४ वर्षीय देवेन्द्र चापागाईँको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा  राती ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।

दुर्घटनामा अन्य घाइतेलाई जिल्ला अस्पताल गाईघाटमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो हस्पिटल रिफर गरिएको छ ।

घाइतेहरूमा मोरङ विराटनगर महानगरपालिका-५ चाँदनी चोकका चालक ३१ वर्षीय विशाल राय, २३ वर्षीय सुजन खतिवडा, २७ वर्षीय सागर घिमिरे र ३५ वर्षीय सुरज पौडेल रहेका आचार्यले बताए।

दुर्घटना हुने बित्तिकै प्रहरी चौकी नेपालटार र स्थानीयवासीको सहयोगमा उद्धार गरी अस्पताल पठाउने काम भएको स्थानीयवासीले बताएका छन् । मृतक चापागाईँको शव भने जिल्ला अस्पताल गाईघाटको शव गृहमा राखिएको छ । कार सडकबाट १५ मिटर तल खसेको थियो ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ७ : २५ बजे

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ