सुद्धोधनको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले निर्वाचित « Khabarhub

सुद्धोधनको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले निर्वाचित


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी भएको छ ।

नेपाली कांग्रेसका विष्णुप्रसाद बस्याल ७ हजार ९८३ मत पाएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार किशुनचन्द्र चौधरी १ हजार ७१३ मतको अन्तरले पराजित भए । २०७४ को चुनावमा एमालेबाटै गाउँपालिका अध्यक्ष निर्वाचित भएका चौधरीले ६ हजार २७० मत पाए ।

गाउँपालिकाको उपाध्यक्षमा भने एमालेकी शान्तादेवी ज्ञवाली निर्वाचित भएकी छन् । ज्ञवालीले ६ हजार ६८२ मत पाएर निर्वाचित हुँदा माओवादी केन्द्रकी शारदा भुसालले ३ हजार २५५ मत पाएकी छन् ।

पालिकामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो । सुद्धोधन गाउँपालिकामा २७ हजार ५ सय ७८ मतदाता रहेकोमा २१ हजार ९ सय ६१ जनाले मताधिकार प्रयोग गरेका थिए ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ७ : ४१ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी