सर्लाहीको विष्णु गाउँपालिकामा दोहोरिए कांग्रेसका यादव  « Khabarhub

सर्लाहीको विष्णु गाउँपालिकामा दोहोरिए कांग्रेसका यादव 


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – जिल्लाको दक्षिण सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकामा नेपाली कांग्रेसले कार्यकाल दोहोर्‍याएको छ ।

विष्णु गाउँपालिकामा सम्पन्न मतगणनाको परिणामअनुसार पालिका अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार जवाहरलाल यादव १३१ मतान्तरले विजयी भएका हुन् । यादवले कुल ३ हजार २११ मत प्राप्त गर्दा उनको निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका विजयकुमार यादवले ३ हजार ८० मत मात्र प्राप्त गरे ।

यस्तै उपाध्यक्ष पदमा पनि कांग्रेसकी उम्मेदवार विजयी भएकी छन् । कांग्रेसकी उम्मेदवार उषा देवी २९४९ मतसहित विजयी भएकी हुन् । उनको निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी सुनिता देवी जसवालले २ हजार ४७० मत मात्र प्राप्त गर्दै पराजित भईन् ।

यस्तै यस पालिकाको वडाध्यक्षमा कांग्रेसले ३, जसपाले ३, लोसपाले एक र माओवादी केन्द्रले एक स्थानमा जित निकालेको छ । वडा नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टीका विकाउ ठाकुर, २ नम्बमा नेकपा(माओवादी केन्द्र) का मनोज प्रसाद यादव, ३ मा कांग्रेसका जय कुमार चौधरी, ४ मा कांग्रेसका विनोद राय यादव, ५ मा जनता समाजवादीका कमोद राय यादव, ६ मा कांग्रेसका नन्द किशोर यादव, ७ मा जनता समाजवादीका निरस राउत र ८ नम्बरमा जनता समाजवादीका जवाहर लाल राय निर्वाचित भएका हुन् ।

विष्णु गाउँपालिकासहित नेपाली कांग्रेसले २० पालिकामध्ये ७ पालिकामा जित निकालेको छ । यस्तै अहिलेसम्म माओवादी केन्द्रले दुई स्थानमा जित निकालेको हो । बाँकी पालिकाको मतगणना भइरहेको छ । प्राप्त मतपरिणामअनुसार बागमती नगरपालिकामा पनि नेकपा माओवादी केन्द्रको जित सुनिश्चित भइसकेको छ भने हरिवन नगरपालिकामा पनि माओवादी केन्द्रले अग्रता कायम गरेको छ ।

अन्तिम मतपरिणाम सार्वजनिक भएका मध्ये हरिपुर नगरपालिका, हरिपुर्वा नगरपालिका, पर्सा गाउँपालिका, ब्रम्हपुरी गाउँपालिका, कौडेना गाउँपालिका, धन्कौल गाउँपालिका र बिष्णु गाउँपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरिसकेको हो । यस्तै बलरा नगरपालिका र रामनगर गाउँपालिकामा माओवादी केन्द्रले विजय हासिल गरेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ११ : २० बजे

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ