सहकार्य गर्दै निखिल र रमेश  « Khabarhub

सहकार्य गर्दै निखिल र रमेश 


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुराना अभिनेता निखिल उप्रेती र रमेश उप्रेतीले एकै फिल्ममा सहकार्य गर्ने भएका छन् । 

पछिल्लो समय ‘मायाको जाल’ मा सँगै देखिएका यी दुई अभिनेताले फिल्ममा अभिनयसँगै निर्माण र निर्देशन समेत गर्ने भएका छन् । फिल्ममा लेखन र निर्देशन निखिलको रहने छ । फिल्ममा निखिल र रमेशले अभिनय गर्नेछन् । निखिलले नयाँ तरिकाले फिल्म बनाउने सोच रहेको बताए । ‘हामीले बनाउने फिल्म नेपालीपन बोकेको फिल्म हुनेछ’ उनले भने ।

उनीहरु प्रोजेक्टलाई चाडवाड सकिएपछि फ्लोरमा लैजाने तयारीमा छन् । दशैँतिहार सकिए लगत्तै दशैँ पश्चात फिल्म फ्लोरमा जान सक्ने निखिलले बताए । ‘दशैँ वा तिहार पछाडि फ्लोरमा लाने तयारीमा छौँ । यद्यपि प्राविधिक कामहरू नसकिँदासम्म हतार गर्दैनौँ’ निखिलले भने । प्रि–प्रोडक्सन अन्तर्गत स्क्रिप्ट , कास्टिङ लगायतको काम भइरहेको समेत उनले बताए । निखिलले अभिनयमा गरेको ग्याप पश्चात निर्देशनमा गरेको डेब्यु फिल्म ‘भैरव’ लाई दर्शकले रुचाएका थिए । यता, रमेशले पनि निर्माण र अभिनयमा कमब्याक गरेको फिल्म ‘ऐश्वर्य’ दर्शकको प्रिय बनेको थियो । 

यी दुईले नयाँ पुस्ता सुहाउँदो कथालाई पर्दामा ल्याउने तयारी गरेको बताएका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  २ : ५६ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६