हलमा फ्लप भएपछि ओटीटीमा आउँदै ‘जर्सी’  « Khabarhub

हलमा फ्लप भएपछि ओटीटीमा आउँदै ‘जर्सी’ 


४ जेष्ठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘कबीर सिंह’ पश्चात शाहिद कपूरले आफ्नो स्टारडम फर्काउन सफल भए । बलियो कथालाई न्याय गर्न सक्ने संकेत उनले देखाए ।

फिल्म ‘कबीर सिंह’ ले पाएको सफलताले मात्र होइन, उनको अभिनय क्षमताको कारण पनि शाहिदको चर्चा बढ्यो । कबीर सिंहलाई जीवन्त बनाउन शहिदले कुनै कसर बाँकी राखेका थिएनन् । कुनै समयमा कमिने र हैदर जस्ता फिल्म मार्फत बलिउडमा आफ्नो दबदबा कायम गरेका शाहिदले नयाँ उपनाम कबीर सिंह पाए । त्यसपछि रिलिज भएको उनको फिल्म हो ‘जर्सी’। यो फिल्म तेलुगु फिल्म जर्सी’ कै रिमेक हो । 

स्वास्थ्यमा समस्या आउँदा र नातावादसँगै कृपावादको कारण नेशनल टिममा नपर्दा क्रिकेट छाडेका अर्जुन तलवार (शाहिद कपूर)  नामक क्यारेक्टरले उमेरले ४० वर्ष काट्नै लाग्दा क्रिकेट खेल्छन् । कथा यही हो । यसैलाई पटकथा दिएर तयार गरिएको छ जर्सी । फिल्ममा शाहिदसँगै मृणाल ठाकुर र पंकज कपूरको पनि अभिनय रहेको छ । फिल्मलाई तेलुगु फिल्मकै निर्देशक गौतम तिन्ननुरीले निर्देशन गरेका हुन् । तेलुगु फिल्मलाई बलिउड शैलीमा स्क्रिनप्ले तयार गरेकोले पनि यो फिल्मले दर्शकको माया पाउन सकेन । अन्तत: फिल्म ओटीटी प्लेटफर्ममा उपलब्ध हुने भएको छ । 

फिल्मलाई आउँदो २० मे बाट नेटफ्लिक्समा हेर्न सकिनेछ । नेटफ्लिक्सले फिल्म उपलब्ध हुने जानकारी सोसल मिडिया मार्फत दिइरहेको छ । हलमा फ्लप भएको फिल्मले ओटीटीमा कस्तो रेस्पोन्स पाउने हो ? यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ३ : ०० बजे

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनता भेट्न मन्त्री जानुपर्छ : भूमिमन्त्री

चितवन– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

अर्घाखाँचीको मौलिक पहिचान सराये नाच

अर्घाखाँची– हातमा तरवार र खुडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि ‘वाख्यै

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै नागरिकताको प्रतिलिपि दिइँदै

रसुवा– नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका

तीन वर्षमा आठ प्रमुख शहरमा क्रिकेट रंगशाला निर्माण हुन्छ : मन्त्री लम्साल

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले मुलुकका आठ

बबरमहलको आकाशे पुल सञ्चालनमा ल्याइँदै

काठमाडौँ– काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने