सर्लाहीको हरिपुर्वा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी « Khabarhub

सर्लाहीको हरिपुर्वा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै रिजल्ट आउने क्रम बढ्दो छ ।

विवाद र पुनः मतदान भएका पालिकाहरूको नतिजा आउन थालिसकेको छ । यसैक्रममा सर्लाहीको दक्षिणपूर्वी क्षेत्र स्थित हरिपुर्वा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

हरिपुर्वा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका विनोदकुमार साह तेली ५ हजार ९९ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका योगनारायण रायले ३ हजार ४ सय ९५ मत मात्र पाए । यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकी उम्मेदवार सुमित्रा देवी ग्वारनी निर्वाचित भएकी छिन् ।

उनले ४ हजार ३ सय ९१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी सुनितादेवी यादवले ३ हजार ४ सय मत मात्र प्राप्त गरिन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  २ : ५७ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा