कालिका नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी « Khabarhub

कालिका नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वी चितवनको कालिका नगरपालिकाको मेयर र उपमेयरमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा विनोद रेग्मी निर्वाचित भएका छन् । कालिका–६ का निवर्तमान वडाध्यक्ष रेग्मी १४३ मत अन्तरले विजयी भएका हुन् ।

रेग्मीले १० हजार ७१४ मत ल्याउँदा पाँचदलीय गठबन्धनबाट कांग्रेसका शिवराम केसीले १० हजार ५७१ मत प्राप्त गरे । अन्तिम चरणमा मेयरका दुवै उम्मेदवारको गृह वडा कालिका-६ मा रेग्मी र केसीबीच कडा प्रतिस्पर्धा भएको हो । 

उपमेयरमा एमालेकी विमला तामाङ ७६१ मतअन्तरले विजयी भइन् । तामाङले १० हजार ४४९ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी सविता लामाले नौ हजार ६८८ मत प्राप्त गरिन् । कालिकाका ११ वडामध्ये एमालेले पाँच, कांग्रेसले चार र माओवादी केन्द्रले दुई वडा जितेका छन् । कालिका नगरपालिका-१ को अध्यक्षमा कांग्रेसका सन्तवीर स्याङ्तान ८९६ मत ल्याएर निर्वाचित भए । स्याङ्तानले निकटतम प्रतिस्पर्धी एमालेका बुद्धि बोम्जनलाई ५३ मतान्तरले पराजित गरे । बोम्जनले ८४३ मत प्राप्त गरे । 

कालिका-२ मा एमालेको प्यानल नै विजयी भयो । वडाध्यक्षमा लक्ष्मण पौडेल ११ सय ९४ मत ल्याएर निर्वाचित भए । पौडेलले निकटतम प्रतिस्पर्धी कांग्रेसका जनार्दनप्रसाद दाहाललाई २४५ मतान्तरले पराजित गरे । दाहालले ९४९ मत ल्याएका थिए । कालिका-३ को अध्यक्षमा माओवादी केन्द्रका वीरेन्द्र तामाङ एक हजार ५२ मत ल्याएर विजयी भए । वडामा माओवादीको प्यानल नै विजयी भएको हो । उनका निकटतम प्रतिस्पर्धी एमालेका हरिप्रसाद अधिकारीले ८९२ मत मात्रै प्राप्त गरे । 

कालिका-४ को अध्यक्षमा एमालेका मकरमान श्रेष्ठको प्यानल नै विजयी भएको छ । श्रेष्ठले ७६५ म ल्याएर निर्वाचित भए । निकटतम प्रतिस्पर्धी कांग्रेसका कोमलबहादुर श्रेष्ठ ६४० मत प्राप्त गरे । 

 कालिका-७ को अध्यक्षमा कांग्रेसका कमलराज मोक्तान १२ सय ७४ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका भोजराम थपलियाले १२ सय ४० मत ल्याए । कालिका-८ को अध्यक्षमा माओवादीका चित्रबहादुर मगर १२ सय ५१ मत ल्याएर विजयी भए । निकटतम प्रतिस्पर्धी एमालेका युवराज गुरुङले १२ सय ४६ मत ल्याए । कालिका-९ को अध्यक्षमा एमालेका निलकण्ठ मगर विजयी भएका छन् । उनले ९७२ मत ल्याएर विजयी भएका हुन् । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार वीरबहादुर थापाले ९४८ मत प्राप्त गरे । 

कालिका-१० को अध्यक्षमा कांग्रेसका नरजंग प्रजा ४९२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका धनवीर प्रजाले ३०१ मत मात्रै प्राप्त गरे ।

कालिका-११ को अध्यक्षमा एमालेका कृष्णबहादुर प्रजा ५१३ मत ल्याएर निर्वाचित भए । निकटतम प्रतिस्पर्धी कांग्रेसका वकिल चेपाङले ४६३ मत ल्याए पनि निर्वाचित हुन पर्याप्त भएन ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ३ : २० बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका