सरकारले तीनखम्बे अर्थनीतिलाई बेवास्ता गर्‍यो : झलनाथ खनाल   | Khabarhub Khabarhub

सरकारले तीनखम्बे अर्थनीतिलाई बेवास्ता गर्‍यो : झलनाथ खनाल  


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले चार वर्षमा ल्याइएका चारवटा बजेटमा राज्यको तीनखम्बे अर्थनीतिलाई बेवास्ता गरेको बताएका छन् । 

प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले विगतमा चार वर्षमा चारवटा बजेट ल्याउँदा बेवास्ता गरिएको राज्यको तीनखम्बे अर्थनीतिलाई आगामी बजेटले स्विकार्नुपर्ने बताए । 

खण्डिकृत भूमि नीतिलाई बजेटले तत्काल रोक्नुपर्ने भन्दै उनले यसका लागि भूमिसुधार गर्नुपर्ने बताए । कृषिक्षेत्रको विकासबिना समुन्नत देशको कल्पना गर्न नसकिने भन्दै उनले भूमि सुधार नीतिबिना कृषिको सुधार हुनै नसक्ने बताए । 

कृषिक्षेत्रलाई आधुनिकीकरण र यान्त्रिकरण गर्नुपर्नेमा जोड दिएका नेता खनालले प्रत्येक वडामा कृषि बजार स्थापना गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ५ : ०० बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये