खगराज अधिकारीले भने- अर्थमन्त्रीले राजीनामा नदिएर कस्तो सुशासन कायम गर्न खोजेको ? « Khabarhub

खगराज अधिकारीले भने- अर्थमन्त्रीले राजीनामा नदिएर कस्तो सुशासन कायम गर्न खोजेको ?


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल एमालेका सांसद खगराज अधिकारीले आफूले बर्खास्त गरेका गभर्नर पुनर्बहाली भएर आउँदा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नदिएर कस्तो सुशासन कायम गर्न खोजेको भन्दै प्रश्न गरेका छन् । 

प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले आफूले बर्खास्त गरेका गभर्नर पुनर्बहाली भएर आउँदा राजीनामा नदिई बसेका अर्थमन्त्रीबाट सुशासन कायम हुन नसक्ने बताए । 

‘आफूले कारबाही गरेका गभर्नर पुनर्बहाली भएर आउँदा अर्थमन्त्रीले राजीनामा दिनुपर्देन ? उहाँबाट कसरी सुशासन कायम हुन्छ ?,’ प्रश्न गर्दै पूर्वमन्त्री अधिकारीले भने, ‘उहाँ (अर्थमन्त्री) ले अर्थतन्त्र डामाडोल बनाउँदै हुनुहुन्छ ।’ 

पूर्वाग्रह छाडेर काम गर्नुपर्ने सुझाव दिँदै पूर्वस्वास्थ्यमन्त्री अधिकारीले स्वास्थ्य बिमाबाट धनीले मात्र लाभ लिइरहेकाले सुधार गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ५ : ०५ बजे

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनका

बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया– रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित

बेत्रावतीबासी भन्छन्- सानोतिनो बाढी पहिला पनि आउँथ्यो, यसरी सबै लैजाला भनेर सोचेका पनि थिएनौँ

बेत्रावती– नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले