दुधौलीको मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी « Khabarhub

दुधौलीको मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– दुधौली नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) का दिनेश अधिकारी दनुवार र उपमेयरमा नेपाली कांग्रेसका चन्द्रकिशोर थारू निर्वाचित भएका छन् ।

नेकपा (एमाले) का उम्मेदवारलाई पराजित गर्दै दनुवार र थारू निर्वाचित भएका हुन् । दनुवारले १५ हजार ८३८ तथा  थारूले १४ हजार २१३ मत प्राप्त गरे । मेयरका प्रतिद्वन्द्वी एमालेका लक्ष्मण कार्कीले १० हजार ६३५ तथा उपमेयरका प्रतिद्वन्द्वी एमालेकै बालकुमारी अधिकारीले १० हजार ६११ मत प्राप्त  गरिन्।

पराजित अधिकारी २०७४ सालमा उपमेयरमा निर्वाचित भएका थिए । चौध वडामध्ये कांग्रेसले सात, एमालेले चार र माओवादी केन्द्रले तीन वटामा जित हासिल गरेको छ । कांग्रेस वडा नं १, ३, ४, ५, ६, ७ र ८ मा विजयी भएको छ । 

यस्तै एमाले उम्मेदवार वडा नं २, ९, १० र ११ मा तथा  माओवादी केन्द्रका उम्मेदवार वडा नं १२, १३ र १४ मा विजयी भएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ६ : ३४ बजे

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु- शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई मार्गदर्शन गरेका

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

पाल्पा– दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो

साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

एजेन्सी– साउदी अरबका अधिकारीहरूले इराकबाट प्रक्षेपण गरिएका ड्रोन आक्रमणका कारण

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान