सुदूरपश्चिमका ३ जिल्लामा कांग्रेस, एमाले र माओवादी शून्य « Khabarhub

सुदूरपश्चिमका ३ जिल्लामा कांग्रेस, एमाले र माओवादी शून्य


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएका मध्ये सुदूरपश्चिमका तीन जिल्लामा प्रमुख ३ दल शून्यमा झरेका छन् ।

नेपाली कांग्रेस दार्चुलामा, नेकपा एमाले डडेल्धुरा र नेकपा माओवादी केन्द्र बाजुरामा शून्य भएका हुन् । ९ पालिका रहेको दार्चुलामा नेकपा एमालेले ५ र नेकपा माओवादी केन्द्रले ४ पालिका प्रमुख जितेको छ । दार्चुलामा नेपाली कांग्रेसले ३ उपप्रमुख पद जितेको छ ।

दार्चुलामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी तालमेल भएको थियो । नेपाली कांग्रेसले २०७४ मा जितेको दार्चुला सदरमुकाम रहेको महाकाली नगरपालिकामा यस पटक नेकपा एमालेले जित हासिल गरेको छ । दार्चुलामा महाकाली नगरपालिका सहित दुहुँ गाउँपालिका, ब्यास गाउँपालिका, मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । यसैगरी नेकपा माओवादी केन्द्रले दार्चुलाको लेकम गाउँपालिका, मार्मा गाउँपालिका, नौगाढ गाउँपालिका र अपिहिमाल गाउँपालिकामा जित हात पारेको छ । दार्चुला नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुको गृह जिल्ला हो । 

यसैगरी नेकपा एमाले डडेल्धुरामा शून्य भएको छ । २०७४ को निर्वाचनमा डडेल्धुरा सदरमुकाम समेत रहेको अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकामा नेकपा एमाले विजयी भएको थियो । तर यस पटक भने डडेल्धुरामा एमालेले केही वडामा मात्रै चित्त बुझाउनु परेको छ । डडेल्धुराका ७ पालिका मध्य ५ मा नेपाली कांग्रेस र २ पालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । डडेल्धुरा जिल्ला प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला हो । 

जहाँ सदरमुकाम रहेको अमरगढी नगरपालिका सहित गन्यापधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका, पर्शुराम नगरपालिका र  भागेश्वर गाउँपालिकामा कांग्रेस विजयी भएको छ । डडेल्धुराको अजयमेरु गाउँपालिका र आलिताल गाउँपालिकामा भने नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । 

सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा नेकपा माओवादी केन्द्र शून्यमा झरेको छ । ९ पालिका रहेको बाजुरामा अहिले सम्म ७ पालिकाको अन्तिम मत परिणाम आएको छ । ती मध्य ४ मा नेकपा एमाले र ३ पालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । ७ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक हुँदा माओवादी केन्द्रले उप प्रमुख समेत जित्न सकेको छैन ।

बाजुरामा अन्तिम मत परिणाम आएका मध्य ४ पालिकामा एमाले विजयी भएको छ । गौमुल गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, जगन्नाथ गाउँपालिका र बडिमालिका नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । 

त्यसैगरी बाजुराका ३ पालिकामा नेपाली कांग्रेसले नेतृत्व हात पारेको छ । कांग्रेसले हिमाली गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिकात्रिवेणी नगरपालिकामा जित हात पारेको छ । 

बाजुराका बाँकी २ पालिका मध्य अहिले बुढीनन्दा नगरपालिकामा मतगणना जारी रहेको छ । सो पालिकामा एमाले र कांग्रेस बीचनै प्रतिष्पर्धा छ । त्यसैगरी बुढीगंगा नगरपालिकामा विवादका कारण मतदान नै हुन सकेको छैन । बुढीगंगा नगरपालिकामा पनि नेकपा माओवादी केन्द्र कमजोर अवस्थामा छ । सो पालिकामा २०७४ को निर्वाचनमा नेपाली कांग्रेस विजयी भएको थियो ।

एमालेबाट विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीले भने दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, बाजुरा र अछाममा खाता खोल्न सकेको छैन । कैलाली, कञ्चनपुर र बझाङका केही पालिकामा भने मत गणना जारी छ । नेकपा (एस) ले बझाङ र कैलाली एक/एक पालिकामा अग्रता लगेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ६ : ४८ बजे

रास्वपामा पद बाँडफाँट : तोसिमालाई जनस्वास्थ्य, शिशिरलाई अन्तर्राष्ट्रिय र लिमालाई अर्थ विभागको जिम्मा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपसभापतिमा हारेकी तोसिमा कार्कीलाई

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन

मुस्ताङ हिँडेका पोखरा आइपुगे प्रधानमन्त्री (तस्बिरहरू)

पोखरा– निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा