अछामका पालिका प्रमुखमा कांग्रेस र वडामा एमाले अगाडि « Khabarhub

अछामका पालिका प्रमुखमा कांग्रेस र वडामा एमाले अगाडि


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– अछामका ८ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको  छ । पञ्चदेवल नगरपालिकाको मतगणना भने जारी रहेको छ । 

अहिलेसम्म ५ ओटा स्थानीय तहमा नेपाली कांग्रेस विजयी बनेको छ । दुई स्थानीय तहमा नेकपा एमाले र एक स्थानीय तहमा नेकपा माओवादी केन्द्र विजय भएको छ । 

एमालेले मंगलसैन नगरपालिकाको प्रमुख र उपप्रमुखमा, तुर्माखाँद गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा विजयी भएको छ । मेल्लेख गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । मेल्लेखमा माओवादी, कांग्रेस र एमाले, समाजवादीबीच चुनावी गठबन्धन रहेको थियो । 

नेपाली कांग्रेसले चौरपाटी र ढकारी गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षमा जित हासिल गरेको छ । चौरपाटीमा समाजवादी र माओवादीबीच चुनावी गठबन्धन थियो । 

बान्नीगढी जयगढ गाउँपालिकामा कांग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्षमा जितेको छ । रामारोशन गाउँपालिकामा कांग्रेसले अध्यक्ष र माओवादी केन्द्र उपाध्यक्ष जितेको छ । कमलबजार नगरपालिकामा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मतपरिणाम सार्वजनिक भएका वडामध्ये एमालेले ३१ वडा, कांग्रेसले २७ वडा, माओवादी केन्द्रले ६ वडा, समाजवादीले तीन र २ वडामा स्वतन्त्र व्यक्ति अध्यक्षमा निर्वाचित भएका छन् । मंगलसैन नगरपालिकामा एमाले १० र कांग्रेस ४, तुर्माखाँद गाउँपालिकामा कांग्रेस पाँच, एमाले दुई र माओवादीले एक वडामा जित हासिल गरेको छ ।

मेल्लेख गाउँपालिकामा एमाले तीन, कांग्रेस दुई, माओवादी, समाजवादी र स्वतन्त्रले एक/एक वडामा जितेका छन् । चौरपाटी गाउँपालिकामा कांग्रेस चार र एमाले तीन वडामा वडा अध्यक्षमा निर्वाचित भएको छ । 

रामारोशन गाउँपालिकामा माओवादी तीन, एमाले र कांग्रेस दुई/दुई वडामा विजयी भएका छन् । बान्नीगढी जयगढ गाउँपालिकामा कांग्रेस तीन, एमाले दुई र माओवादी केन्द्र एक वडामा निर्वाचित भएका छन् । 

यस्तै कमलबजार नगरपालिकामा एमाले सात, कांग्रेस दुई र एक स्वतन्त्र वडा अध्यक्षमा विजयी भएका छन् । ढकारी गाउँपालिकामा कांग्रेस चार, एमाले र समाजवादी दुई/दुई वडामा निर्वाचित भएका छन् । 

पञ्चदेवल विनायक नगरपालिकाका २ वडा कांग्रसले जितेको छ भने त्यहाँ मत गणना जारी रहेको छ । यस्तै १४ वडा रहेको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा मतदानका क्रममा शुक्रबार झडपका कारण पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्देशन दिइसकेको छ । बाब्लामा शुक्रबार मतदान हुने भएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ८ : ०९ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री